सरकारी कर्मचारीलाई साढे ६ अर्बको दशैँ भत्ता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 01, 2018 | 08:11:43 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी कर्मचारीले यस बर्ष कुल साढे ६ अर्ब रुपैयाँको चाडपर्व भत्ता पाउने भएका छन् । सरकारले कर्मचारीलाई एक महिनाको तलब बराबरको चाडपर्व खर्च उपलब्ध गराउने गरेको छ । सोहि अनुसार यस पटक अर्थ मन्त्रालयले ६ अर्ब ४७ करोड रुपैयाँ निकासा गर्न लागेको हो । 

सार्वजनिक पद धारण गरेका निजामती, सरकारी, शिक्षक र सुरक्षा निकायका कर्मचारीले यो भत्ता पाउने छन् । महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता जगन्नाथ शर्माले निकासा हुने यो रकम घटस्थापना अगाडि वितरण गरिने जानकारी दिए।

निजामती र सुरक्षाकर्मीबाहेक शिक्षक, करारका कर्मचारी र पेन्सनधारीलाई पनि सरकारले चाडबाड खर्च शीर्षकमा एक महिनाको अतिरिक्त रकम भुक्तानी दिने गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved