नेपाल प्रहरीले माग्यो ७ हजार बढी जनशक्ति, साधारण लेखपढ गर्न जान्नेलाई पनि अवसर (बिस्तृतमा)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 01, 2018 | 11:19:12 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीले विभिन्न पदहरुमा  ७ हजार २ सय ५६ जनाको लागि खुला प्रतियोगिता मार्फत नयाँ भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय सहयोगीलगायतका पदमा सोमबार भर्ना आह्वान गरेको हो। प्रहरीले जनपद समूह तर्फ रिक्त प्रहरी निरीक्षक (इन्स्पेक्टर )  १०८ जना , प्रहरी सहायक निरीक्षक (असई) ५२४ जना,  प्रहरी जवानमा ६ हजार २ सय ४४, कार्यालय सहयोगी (भान्छे) ३ सय २०, कार्यालय सहयोगी (हजाम) १५, कार्यालय सहयोगी (सिलाईबुनाई) १२, कार्यालय सहयोगी (कुचिकार) १४, कार्यालय सहयोगी (मोचि) ९ र कार्यालय सहयोगी (खेलाडी) ३० जनाका लागि दरखास्त आह्वान गरेको छ ।

प्रहरी निरीक्षकको लागि स्नातक, प्रहरी सहायक निरीक्षकको लागि प्रमाणपत्र तह, प्रहरी जवानका लागि कक्षा ८ पास र अन्य सहायक पदका लागि सामान्य लेखपढ गर्न जान्ने शैक्षिक योग्यता तोकिएको छ । 

प्रहरी निरीक्षक तथा प्रहरी सहायक निरीक्षकका लागि यही असोज १८ देखि आगामी कार्तिक २९ गते सम्म महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौं, १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा, ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखरा, ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ, ६ नम्बर प्रदेश प्रहरी कार्यालय सुर्खेत र ७ नम्बर प्रदेश प्रहरी कार्यालय दिपायलमा आवेदन दिन सकिने जनाइएको छ ।

प्रहरी जवानमा आवेदन दिनेहरूले भने महानगरिय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरको साथमा प्रदेश प्रहरी तालिम केन्द्रहरू र सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिनु पर्ने छ ।  

हेर्नुस प्रहरी जवान,  कार्यालय सहयोगी (भान्छे) , कार्यालय सहयोगी (हजाम) , कार्यालय सहयोगी (सिलाईबुनाई) , कार्यालय सहयोगी (कुचिकार) , कार्यालय सहयोगी (मोचि)  र कार्यालय सहयोगी (खेलाडी)को बिस्तृत विवरण  ।


हे




हेर्नुस प्रहरी निरीक्षक (इन्स्पेक्टर ) र प्रहरी सहायक निरीक्षकको बिस्तृत विवरण :

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved