‘वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली’लागु, कामदारलाई हुनेछ यस्तो फाइदा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 01, 2018 | 06:22:37 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रम¸ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलेवैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (Foreign Employment Information Management System : FEIMS)  सञ्चालनमा ल्याएको छ । यस प्रणालीमा वैदेशिक रोजगारसंग सम्बन्धित कार्यमा वहुनिकायको संलग्नता र आवद्धताको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

राजदुतावासहरुले मागपत्र जाँचबुझका सम्बन्धमा निर्वाह गर्नुपर्ने भूमिकालाई सहज तुल्याउने गरी यस प्रणालीमा राजदुतावास उप-प्रणाली(Embassy Module) थप गरिनुका साथै अध्यागमन विभाग¸ पासपोर्ट विभाग र कन्सुलर सेवा विभागबाट आवश्यकता अनुसारको विवरण प्राप्त गर्न सकिने गरी अद्यावधिक गरिएको छ । यो प्रणाली सञ्चालन पश्चात वैदेशिक रोजगार विभाग¸ वैदेशिक रोजगार व्यवसायी¸ अभिमुखीकरण तालिम प्रदायक संस्था¸ स्वास्थ्य परीक्षण गर्ने संस्था¸ बैंक तथा वीमा कम्पनीएवं सीपमूलक तालिम प्रदायक संस्थाहरुको कार्यप्रणाली प्रभावकारी हुनुका साथै वैदेशिक रोजगारसंग सम्बन्धित सूचनाको सहज पहुँच र प्राप्तिमा सहयोग पुग्ने अपेक्षा मन्त्रालयले गरेको छ । श्रममन्त्री गोकर्ण विष्टले भाद्र २५ गते पत्रकार सम्मेलन गरी असोज १५ गतेभित्र यस प्रणालीलाई पूर्ण सञ्चालनमा ल्याउने बताएका थिए।

राजदुतावासहरुले यस प्रणालीको प्रयोग गरी गन्तव्य मुलुकका रोजगारदाताहरुबाट प्राप्त हुने मागपत्रको विवरण प्रविष्टि गरी जाँचबुझ गर्न सक्नेछन् । यसबाट नक्कली मागपत्र ल्याई नेपाली कामदारहरुलाई विदेश पुर्‌याएर अलपत्र पार्ने र ठगी गर्नेहरु निरुत्साहित हुने विश्वास लिईएको छ ।यस प्रणाली मार्फतगन्तव्य देशका रोजगारदाताहरुको वास्तविक र पूर्ण विवरण प्रविष्टि हुने भएकोलेतोकिए बमोजिमको सेवा सुविधा नदिने रोजगारदातालाई कालोसूचीमा राख्न समेत सहज हुनेछ । राजदुतावासमा विवरण प्रविष्टि र रुजु गर्ने कामको निम्ति दुई जना कर्मचारीहरुलाई यो प्रणाली सञ्चालनमा जिम्मेवार बनाउने व्यवस्था समेत गरिएको छ ।

वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर विदेश जाने नेपालीहरुको मात्र तथ्याङ्क रहने गरेको तर स्वदेश फर्किने कामदारहरुको विवरण उपलब्ध नहुने गरेको वर्तमान अवस्थाको अन्त्य गर्नका निम्ति अध्यागमन विभागको अनलाइन प्रणालीसंग यो प्रणालीलाईLinkup गरी वैदेशिक रोजगारबाट फर्किने कामदारहरुको विवरण समेत सहज रुपमा प्राप्त गर्न सकिने व्यवस्था मिलाईएको छ । यसबाट विदेशी भूमिमा कति नेपालीहरु काम गरिरहेका छन् भन्ने विवरण समेत सहज रुपमा प्राप्त गर्न सकिनेछ ।श्रम स्वीकृति प्राप्त कामदार नेपालमै रहे नरहेको विवरण प्राप्त गर्न, विभिन्न नीति तथा कार्यक्रमहरुको तर्जुमाका निम्ति आवश्यक तथ्याङ्क तथा सूचनासंकलन गर्न रकामदारहरुको सम्पूर्ण विवरण सहितको प्रतिवेदन तयार पार्नमासमेत यो प्रणालीबाट सहयोग पुग्ने विश्वास गरिएको छ ।

श्रम स्वीकृति प्रदान गर्ने प्रकृयामा हुन सक्ने लापरवाही र नक्कली कागजात बनाई ठगी गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न राहदानी विभागको प्रणालीसंग पनि FEIMS लाई Linkup गरिएको छ ।राहदानी विभागको प्रणालीमा रहेको विवरण FEMIS प्रणालीले स्वतः प्राप्त गर्ने हुँदा श्रम स्वीकृति जारी गर्दा कामदारको विवरण फरक नपर्ने,पासपोर्ट नम्बरलाई आधार बनाएर श्रम स्वीकृति प्रदान गर्दा श्रम स्वीकृतिको प्रकृया छरितोर सहज हुने र श्रम स्वीकृति प्रदान गर्ने कार्यलाई त्रुटिरहित बनाउन समेत यसबाट सहयोग पुग्ने अपेक्षा मन्त्रालयको छ ।

कन्सुलर सेवा विभागसंग यो प्रणालीको आवद्धतालेदुई वटा विभागहरुवीच हुने सूचनाको आदानप्रदानद्वारा कार्यक्षमतामा वृद्धि हुने,काममा दोहोरोपना नआउने, कामदारहरुको उद्धार र राहत वितरणमा समेतसहजता आउनुका साथैराहत तथा उद्धारका चरणहरुबारेमा शिघ्र र यथार्थपरक जानकारी प्राप्त गर्न पनि सहज हुनेछ ।

यस प्रणालीको अद्यावधिक संगसंगै सरोकारवालाहरुलाईवैदेशिक रोजगारसंग सम्बन्धित सूचनाहरु सहज तरिकाले प्रदान गर्ने उद्देश्यकासाथ "वैदेशिक रोजगारी" नामको मोवाइल एप्लिकेशन समेत सञ्चालनमा ल्याएको छ । 

यस प्रणालीको पूर्ण कार्यान्वयन पश्चात आप्रवासी कामदारहरुले अनलाइनबाट नै श्रम स्वीकृतिको फाराम भर्न र पेश गर्न सक्ने, श्रम स्वीकृतिका चरणहरुको प्रगतिस्थिति अनलाइनबाट नै थाहा पाउन सक्ने, आफ्नो श्रम स्वीकृति भए नभएको कुरा तथा पूर्व स्वीकृतिको विवरण मोबाइल,SMS,वेबसाइट रएपबाटैजानकारी लिन सक्ने तथा विभागमा दर्ता भएका उजुरीहरुको अवस्थाकाबारेपनि जानकारी प्राप्त गर्न सक्ने छन् ।

यस प्रणालीका कारण सम्पूर्ण सरोकारवालाहरु (म्यानपावर एजेन्सी, अभिमुखीकरण तालीम प्रदायक संस्था, स्वास्थ्य परीक्षण गर्ने संस्था, बैंक, वीमा कम्पनी) हरुले वैदेशिक रोजगार सूचना प्रणाली मार्फत अनलाइन सेवा लिन तथा दिन सक्नेछन् भने तिनै संस्था र सरोकारवालाहरुको अनुगमन कार्यमा पनि यस प्रणालीले सहजीकरणगर्नेछ ।वैदेशिक रोजगारमा गएका कामदारहरुको फोटो र बायोमेट्रिक (Iris र औंठाछाप) सहितको विस्तृत विवरण रहने यस प्रणालीमा वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण गुनासा र उजुरीहरुको पनि विद्युतीय अभिलेख रहनेछ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित श्रम कक्षमा श्रम स्टिकर र बायोमेट्रिक विवरण रुजु गर्न एवं श्रम स्वीकृति प्रदान गर्ने कार्यमा संलग्न सम्पूर्ण कर्मचारीहरुको कार्यसम्पादनको विवरण विद्युतीय रुपमा राख्न समेत यस प्रणालीले मद्दत पुर्‌याउने विश्वास मन्त्रालयले लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved