फेसबुकले सम्मान गर्ने ११५ जनामा नेपालका सुर्य कार्की पनि, दक्षिण एसिया कै एक्ला युवा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 01, 2018 | 08:22:48 PM मा प्रकाशित

laxmi  sunrise bank

फेसबुकले आफ्नो कम्युनिटी लिडरसिप प्रोग्राम २०१८ अन्तर्गत नेपालका सुर्य कार्कीलाई सम्मान गर्ने भएको छ । संखुवासभामा जन्मिएका कार्कीलाई समुदायीक शिक्षामा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै फेसबुकले सम्मान गर्ने भएको हो । 

फेसबुकले सम्मानको लागि ४६ मुलुकका ६ हजार आवेदकबाट उत्कृष्ट ११५ जनालाई छनौट गरेको हो । कार्की तिनै ११५ जना मध्येबाट एक हुदै सम्मानित हुन् लागेका हुन् ।  दक्षिण एसियाबाट कार्की यस सम्मानका लागि छानिने एक्ला युवा हुन । यसको घोषणा यहि सेप्टेम्बर २३ मा भएको थियो । सम्मान कार्यक्रम यहि अक्टोबर ८ देखि १२ ,क्यार्लिफोर्नियाको फेसबुकको हेडक्वाटरमा हुने फेसबुकले जनाएको छ । फेसबुकले आफ्नो इतिहासमा पहिलो पटक यस्तो सम्मान गर्न लागेको हो ।

उनी यो भन्दा अगाडी सन २०१७ मा फोब्र्सको ३० वर्ष मुनिका ३० उदयीमान युवा व्यवसायीको सुचिमा पर्न सफल भएका थिए । कार्की   हाल यूनाईटेड वल्ड स्कूल्स नेपालकोको फाउण्डर,कन्ट्रि डाइरेक्टर र दियालो फाउण्डेसनको फाउण्डरको माध्यमबाट सामाजिक कार्यमा सक्रिय छन । 

विकट हिमाली जिल्ला संखुवासभामा जन्मिएका कार्कीले आफ्नो औपचारिक शिक्षा बुढानिलकण्ठ स्कुलमा पुरा गरेका थिए । उनले अर्थशास्त्र र ब्यवसायमा चिनको चिङवा विश्वविद्यालयबाट मास्टर गरेका छन् । कार्कीले फेसबुकका सस्थापक मार्क जुकरबर्गले आफुलाई फेसबुक मै काम गर्न बोलाएको समेत खुलासा गरेका छन्। यद्यपि उनले आफुले नेपालको लागि लिएको लक्ष्य पुरा नगरी फेसबुकमा नजाने बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved