टरिगाउँ विमानस्थल पुनः सञ्चालन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 02, 2018 | 08:06:15 AM मा प्रकाशित

laxmi  sunrise bank

लामो समयदेखि बन्द रहेको टरिगाउँ विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलबीच सोमबार भएको सहमतिअनुसार आज जहाजले परीक्षण उडान गर्नेछ । “दशैँअगाडि बाटै हामीले सातामा दुई पटक विमानसेवा सञ्चालनको तयारी गरेका छौँ,” निगममा प्रवक्ता अशोक सिग्देलले भने  । उन इन्धनको समस्याका कारण काठमाडौँदेखि भैरहवा हुँदै टरिगाउँ विमानस्थलमा विमान अवतरणको तयारी रहेको जानकारी दिए  । 

प्रवक्ता सिग्देलले परीक्षण उडान गरेसँगै विमानसेवा दशैँअगाडि सम्मका लागि सातामा दुई पटक सम्भवतः सोमबार र शुक्रबार सञ्चालन हुने समेत बताए । सिग्देलले परीक्षण उडानको रिपोर्ट पेश भएसँगै नागरिक उड्डयन प्राधिकरणले अध्ययन गरेर सहमति दिएपछि उडान तालिका बनाइने बताए । “साताभित्र सबै प्रक्रिया पूरा गरेर विमान सञ्चालन हुनेछ,” उनले भने । 

नेपाल एयरलाइन्सले उडान भर्ने भएकाले अन्य विमान कम्पनीको भन्दा कम भाडा तय हुने नगरप्रमुख पाण्डेले बताए । उनले सातामा दुई पटक सञ्चालन हुँदा रु ६ हजारसम्म र त्यसपछि रु पाँच हजारभन्दा कम भाडा तय हुने बताए । तुलसीपुर विमानस्थल लामो समय सञ्चालनमा नआउँदा हवाईसेवा प्रयोग गर्ने यहाँका यात्रु भैरहवा र नेपालगञ्ज जान बाध्य थिए । महँगो भाडाका कारण पाँच महिनादेखि हवाईसेवा बन्द थियो । तुलसीपुर उपमहानगरपालिकाले गत भदौ ३१ गते हवाईसेवा सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, दाङका सम्पूर्ण सभासद् र निगमका प्राविधिक कर्मचारीको सहभागितामा विमानस्थलमै अन्तरक्रिया कार्यक्रम गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved