निर्मला हत्या प्रकरण: बिष्टको डिएनए परीक्षण २ स्थानमा गरिएको प्रहरीको दाबी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 02, 2018 | 08:13:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीले निर्मला पन्तको जबर्जस्ती करणीपछि हत्या भएको सम्बन्धमा सङ्कलित डिएनएन नमूना परीक्षण राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा समेत भएको जनाएको छ । 

प्रहरी प्रवक्ता शैलेश थापाका अनुसार कञ्चनपुर भीमदत्त नपा–२ उल्टाखामका पन्तको हत्या भएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्ट, उनका छोरा किरणराज र स्थानीय आयुष विष्टबाट सङ्कलिन डिएनए विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको बताए । 

डिएनए परीक्षणका सम्बन्धमा फरक आशयका साथ समाचार आएपछि प्रहरीको तर्फबाट थप स्पष्ट पार्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको निकायबाट समेत परीक्षण भएको जनाएको हो । 

निर्मलाको डिएनएसङ्ग कसैको पनि डिएनए रिपोर्ट नमिलेको रिपोर्ट आएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved