गण्डकी प्रदेशको लोगोमा मुस्लिम समुदायको आपत्ति

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 02, 2018 | 10:35:46 AM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी प्रदेशको प्रदेशसभाको लोगोमा त्यहाँका मुस्लिम समुदायले असन्तुष्टि जनाएका छन। सांसद मायानाथ अधिकारीको संयोजकत्वमा गठित समितिले गरेको सिफारिसका आधारमा सभामुखबाट छनौट गरिएको लोगोले गण्डकी प्रदेशमा मुस्लिम समुदाय नै छैनन भन्ने संदेश गएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन। 

लोगोमा गण्डकी प्रदेशका जातजाति र समुदायको पोशाकलाई चित्रले छुट्याईको भएपनि त्यसमा मुस्लिम समुदायको पहिचान कहीं कतै नझल्किएको भन्दै तत्काल लोगो परिमार्जन हुनुपर्ने त्यहाँका मुस्लिम अगुवाहरुको माग छ। 

नेकपा सांसद तथा प्रतिनिधि सभा सदस्य कलिला खानले लोगोले गण्डकी प्रदेशका ११ वटै जिल्लाका मुस्लिम समुदायको पहिचान दर्शाउन नसकेको बताइन। 'गण्डकी प्रदेशका ११ वटै जिल्लामा मुस्लिम समुदायको बाक्लो उपस्तिथी छ, त्यहि हुँदाहुँदै पनि प्रदेशसभा मुस्लिम नेतृत्त्व बिहिन हुन पुगेको छ, त्यहि माथि अहिले  गण्डकी प्रदेशमा मुस्लिम नै छैनन भन्ने गरि लोगो डिजाइन गरिएको छ' उनले भनिन, 'पहिलेदेखि नै गण्डकी प्रदेशमा मुस्लिम समुदायलाई पछाडी पार्ने काम भएको छ, अहिले पनि नियतबस नै लोगो डिजाइन गरिएको छ, तुरुन्त परिमार्जन गरिनुपर्छ।'

त्यस्तै गण्डकी प्रदेश शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ का वडा सदस्य सायरा बानुले लोगोले मुस्लिम समुदायलाई समाबेस गर्नबाट चुकेको बताइन। 'लोगोमा गण्डकी प्रदेशका सबै समुदायको पहिचान झल्किंदा मुस्लिम समुदायलाई बहिस्कार नै गरिएको देखिन्छ, लोगो तुरुन्त परिमार्जन गरिनुपर्छ' उनले भनिन।   

त्यस्तै गोरखाका पत्रकार मोहसिन अलि मियाले समेत लोगो डिजाइनमा गम्भीर त्रुटी भएको बताए। 'कसैसंग कुनै छलफल नै नगरी लोगो डिजाइन भएको छ, यस लोगोले गण्डकी प्रदेशका अन्य जातजाति समुदायलाई चिनाउदा मुस्लिम समुदायलाई बहिस्कार नै गरिएको छ' उनले भने, 'आजका दिनमा पनि पहाडमा मुस्लिम छन भन्ने प्रश्न गरिन्छ, जबकि गण्डकी प्रदेशका ११ जिल्लामा मुस्लिमहरुको बाक्लो उपस्तिथी छ, गण्डकी प्रदेश सभा सचिवालयका कर्मचारीले नै बनाएको लोगोमा मुस्लिम समुदायको पहिचान, अस्तित्व नअटाउनु चिन्ताजनक छ।' 

पत्रकार मियाले उक्त लोगो परिमार्जन गरि दशजना टाउकोमा ११ जना बनाउदा त्यसले ११ जिल्लाको नेतृत्त्व पनि गर्ने र मुस्लिम समुदायपनि अटाउने सुझाब समेत दिएका छन। 

गोरखाका बिनित रानामगरले बनाएको लोगो गण्डकी प्रदेशका लागि छानिएको हो। ११ प्रतिष्पर्धी मध्ये रानामगरले बनाएको लोगो छनौट भएको हो। बिनित गण्डकी प्रदेश सभा सचिवालयका कर्मचारी पनि हुन् । उनीसँगै पवन पौडेल, महेन्द्र उपाध्याय, अनुसन्धान पोखरेल र प्रेम श्रेष्ठका १२ लोगो प्रतिस्पर्धामा थिए । प्रतिस्पर्धाबाट बिनितले बनाएको लोगोले सर्वोत्कृष्ठ हुँदै २५ हजार रुपैयाँ पाएको छ।

समितिले गरेको सिफारिसको आधारमा सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा, कानुनमन्त्री हरिबहादुर चुमान, सांसद कृष्णबहादुर चुमान र कुमार खड्को उपस्थितिमा कार्यव्यवस्था समितिले लोगो छानेको हो। प्रदेश सभा नियमावलीले कार्यव्यवस्था परामर्श समितिको परामर्शले सभामुखले छान्न सक्ने व्यवस्था छ । साउन ४ गते लोगो तथा पोशाक प्रतिस्पर्धाका लागि आहृवान गरिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved