'पर्यटन विकास गर्न सडक पूर्वाधार पहिले बनाउनुपर्छ'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 02, 2018 | 03:01:27 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलले मुलुकमा पर्यटनको समग्र विकास गर्न सडक यातायात मुख्य सहयोगी हुने भएकाले राष्ट्रिय प्राथमिकतामा सडक पूर्वाधार रहेको बताएका छन् । होमस्टे एशोसिएसनको आयोजनामा पर्यटन मार्फत समृद्धि कार्यक्रममा उपाध्यक्ष कडेलले एउटा गन्तव्यबाट अर्को गन्तव्यमा पुग्ने बाटो नहुँदा पर्यटकीय स्थलसम्म पर्यटक पुग्न नसकेको बताए । उपाध्यक्ष कडेलले पुर्वाधार पुगेका ठाउँलाई गुणस्तर बृद्धि गर्न ध्यान दिनुपर्ने बताउँदै सिमित गन्तव्यहरु पहिचान गरी थप गर्नु पर्ने बताए । संभावना बोकेका पर्यटीय गन्तव्यमा एकीकृत पूर्वाधार पु¥याउन आवश्यक रहेको बताए  ।

“समृद्ध नेपाल सुखी नेपाली”को लक्ष्य पुरा गर्न संविधान र सरकारको नीति कार्यक्रमलाई आधार बनाएर अगाडी बढ्नुपर्ने बताउँदै उपाध्यक्ष कडेलले योजना “भूत मुखी हैन भविष्य मुखी” बनाऔं भने। उनले भने “अव यो भएन, त्यो भएन भन्ने हैन यो हुनुप¥यो भनेर किटान साथ भनिदिनुभए राष्ट्रिय योजना आयोगले नीतिगत रुपमा सघाउन सजिलो हुने थियो ।”

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पर्यटन हेर्ने सदस्य डा. रामकुमार फुयालले पर्यटन व्यवसायलाई साना उद्योगको रुपमा स्थापित गर्न सकिए सामाजिक परदर्शीता देखिने र रोजगारी र व्यवसायिक बृद्धि हुने बताए । उनले पर्यटनको विकास गर्न सरकारले आकर्षण बढाउने र सुरक्षाको प्रत्याभुती गराउनुपर्ने बताए । 

कार्यक्रममा पूर्व सहसचिव प्रतिक ढकालले पर्यटन मार्फत समृद्धि विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । होमस्टे एशोसिएसनका अध्यक्ष भीमबहादुर केसीले सो कार्यपत्रमाथि उठेका सवाल र समाधानको निश्कर्ष पर्यटन मन्त्रालयलाई बुझाउने बताए  । कार्यक्रममा पर्यटन क्षेत्रका विभिन्न संघ संस्थाको उपस्थिति थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved