भक्तपुरमा नयाँ खानेपानी योजना, ७० प्रतिशत पानी काठमाडौँलाई

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 03, 2018 | 11:21:52 AM मा प्रकाशित

laxmi  sunrise bank

खानेपानीको समस्या समाधान गर्न भक्तपुरमा खानेपानी आयोजना निर्माण गर्न सम्भाव्यता अध्ययन शुरु गरिएको छ । ‘चाइना कन्सल्टेन्ट कन्स्ट्रक्सन कम्पनी’ले सूर्यविनायक नगरपालिका– १० सूर्यमोड र महादेव खोला मुहान पोखरीमा आयोजनाबारे सम्भाव्यता अध्ययन थालेको हो ।

जिल्लाको दुई ठाउाँमा बाँध बनाइ काठमाडौँ उपत्यकामा खानेपानी वितरण गर्ने योजनासहित सो कम्पनीका क्षेत्रीय प्रबन्धक याओ फेन्ङगाङ नेतृत्वको प्राविधिक टोलीले सम्भाव्यता अध्ययन थालेको हो । सो टोलीसँगै स्थलगत अध्ययनका लागि सांसद महेश बस्नेत मङ्गलबार सूर्यविनायक– १० चित्तपोल र काभ्रेको साँगा जोड्ने बीचको भाग तथा चाँगुनारायण नगरपालिकाको मुहान पोखरी पुगेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला चीन सरकारसँग काठमाडौँ उपत्यकामा चार बाँध बनाउनेबारे भएको सम्झौताअनुसार नै सम्भाव्यता अध्ययन थालिएको सांसद बस्नेतले बताए । चीन सरकारको निर्देशनअनुसार चिनियाँ प्राविधिक टोली सम्भाव्यता अध्ययनका लागि आएको हो । बाँध निर्माणसँगै पानी सङ्कलन गरी शुद्धीकरण विधि अपनाएर उपत्यकामा खानेपानी वितरण गर्ने योजना रहेको छ । यी दुई स्थानमा बाँध बनाइ पानी वितरण गर्न सके यहाँको ३० प्रतिशत पानीले भक्तपुरलाई तथा ७० प्रतिशत पानी काठमाडौँ पठाउन सकिने बस्नेत बताउछन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले भक्तपुरको महादेव खोलाको मुहान पोखरीमा खानेपानीको सम्भाव्यता अध्ययन गरी सरकारलाई यसअघि नै बुझाएको प्रतिवेदनका आधारमा चिनियाँ कम्पनीले अध्ययन शुरु गरेको हो । बढ्दो जनसङ्ख्याको चाप र पानीको मागलाई ध्यानमा राखेर सो अध्ययन थालिएको हो । बाँध निर्माण गर्न चीनले नेपाललाई २ प्रतिशत ब्याजमा सहुलियत ऋण प्रदान गर्ने सहमति जनाएको थियो ।

“मेलम्चीको पानी नपुग्ने सूर्यविनायक र चाँगुनारायणका बासिन्दालाई यहाँबाट पानी वितरण गर्न सक्छौँ, बढी भएको पानी काठमाडौँ पठाउन सकिन्छ,” साँसद बस्नेतले भने । भक्तपुरको चित्तपोल र काभ्रेको साँगाको सिमानाको खोचमा बाँध बनाइ आशापुरीको पानी ल्याउने र सङ्कलन गरेर शुद्धीकरण गरी खानीपानी वितरण गर्ने योजना छ । सो क्षेत्रमा डुङ्गा सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने तथा पानी सिँचाइका लागि समेत प्रयोग गर्ने योजना छ । चाँगुनारायण नगरपालिकाको नगरकोटको महादेव खोलाबाट आएको पानीलाई बाँध बनाइ पानी वितरण गर्नेसमेत योजना छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved