बढी भाडा लिनेको अनुगमन शुरु

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 03, 2018 | 05:15:11 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँको अग्रिम बुकिङको टिकट कालाबजारी गर्ने, बढी भाडा लिने, सहुलियत नदिनेलगायत नियम विपरीत काम गर्नेलाई यातायात व्यवस्था विभागले कारवाही गर्ने भएको छ । अनुगमन गरी कारवाहीको अभियान आजैदेखि शुरु गरिएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले जानकारी दिए । सार्वजनिक यातायातका बारेमा धेरै गुनासा आएकाले आजदेखि आफैँ अनुगमनमा निस्किएको उनले बताए । 

विभागको नेतृत्वमा आज नयाँ बसपार्कबाट थानकोटसम्म अनुगमन भएको छ । नयाँ बसपार्कलगायतका स्थानमा समितिका सवारीले टिकट सकियो भन्ने गरेका छन् । दशैँमा लामो दूरीमा यात्रा गर्ने यात्रुले पहिल्यै टिकट लिने गरेका छन् । असोज ९ गतेदेखि मात्र यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ शुरु गरेका थिए । 

बुकिङ शुरु गरेको भोलिपल्टदेखि नै टिकट सकिसक्यो भन्दै कालाबजारीमा बढी भाडा लिएको यातायात सुधारका लागि आवाज उठाउँदै आएका रामबहादुर थापाले बताए । 

केही कम्पनीका टिकट काउन्टरले सीमित मात्रामा टिकट बुकिङ गरेपनि समितिका काउन्टरले भाडा बढाउने अस्त्रका रुपमा मात्र अग्रिम बुकिङलाई प्रयोग गरेको उनको भनाइ छ । नयाँ बसपार्कलगायत टिकट काट्ने काउन्टरमा समायोजन गरेको भाडा सूची नहुँदा यात्रुसँग मनपरी भाडा असुली भइरहेको छ । 

मन लागे जति भाडा लिन काउन्टरले कहाँबाट कहाँ जाने स्थानको नाम समेत लेख्दैनन् । सार्वजनिक यातायातमा देखिएका यस्ता समस्या समाधानका लागि अनुगमनलाई तीव्रता दिन लागिएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । 

दशैँ अघि नै असोज ७ गते समायोजन गरिएको भाडा सूची प्रकाशन गरेर वितरण गर्न लागिएको उनले जानकारी दिए । मुख्य–मुख्य चोकमा भाडा सूचीको बोर्ड राख्ने तयारी समेत भइरहेको विभागले जनाएको छ । विभागले तोकेको भन्दा रु एकमात्र बढी भाडा लिए पनि रु पाँच हजार जरिवाना गरिने जनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved