भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु, अवस्था तनावग्रस्त

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 03, 2018 | 07:52:27 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो 

भक्तपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायकमा बुधबार साँझ टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । 

काभ्रेबाट भक्तपुरतर्फ आइरहेको बा ८८ प ८५२ को मोटरसाइललाई सोही दिशाबाट आएको टिपरले ठक्कर दिँदा ती व्यक्तिको मृत्यु भएको हो । मृतकको पहिचान भएको छैन ।

राति ८ बजे अगाडि नै टिपर चलाएर दुर्घटना गराएको भन्दै आक्रोशित स्थानीयले टिपरमा आगो लगाएका छन् ।  आक्रोशित भीड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।  हाल त्यस क्षेत्रको यातायात अबरुद्द भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved