टिपर सञ्चालन गर्ने समय परिवर्तन लगत्तै दुर्घटना

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 04, 2018 | 07:36:49 AM मा प्रकाशित

laxmi  sunrise bank

जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाभित्र टिपर सञ्चालन गर्ने समय परिवर्तन गरेको छ । 

जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म टिपर सञ्चालन गर्न अनुमति दिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए । 

यसअघि साँझ ८ देखि बिहान ५ बजेसम्ममात्र काठमाडौँ उपत्यकामा टिपर सञ्चालन हुँदै आएको थियो । जिल्ला प्रशासन कार्यालयले गत साउन १ गते उपत्यकामा टिपर दुर्घटनाका कारण मावनीय क्षति बढेको भन्दै रातको समयमा मात्र टिपर सञ्चालन गर्न दिने निर्णय गरेको थियो । 

तर समय परिवर्तन गरेकै दिन भक्तपुरमा टिपरको ठक्करले एक जनाको मृत्यु भएको छ । 

यो पनि : 

भक्तपुर तनावग्रस्त, १५ सेल अश्रुग्यास प्रहार (भिडियोसहित)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved