साँगादेखि धुलिखेलसम्म बनेका मापदण्ड बिपरितका संरचना हटाउन शुरु

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 04, 2018 | 07:44:32 AM मा प्रकाशित

laxmi  sunrise bank

तस्विर: केशव राज पौडेल 

डिभिजन सडक कार्यालय भक्तपुरले अरनिको राजमार्ग दायाँबायाँ मापदण्ड विपरीत बनाइएका संरचना हटाउन शुरु गरेको छ । 
सरकारले भक्तपुरको सूर्यविनायकदेखि काभे्रपलाञ्चोकको धुलिखेलसम्म ६ लेनको सडक बनाउने तयारी गरेसँगै सोमबारदेखि बनेपा नगरपालिका–१४ साँगा भञ्ज्याङबाट सडक दायाँबायाँका घरटहरा तथा अन्य संरचना हटाउन शुरु गरेकोे हो । 

साँगादेखि धुलिखेलसम्मका १५६ घरटहरा हटाइने जनाइएको छ । मङ्गलबार ४५ घरटहरा, इलाका वन कार्यालयको भवनसहितका संरचना भत्काइएको छ । आज पनि जनागालदेखि बनेपासम्मको १० घरटहरा, इलाका प्रहरी कार्यालय बनेपाको पर्खालसहितका संरचना भत्काइएको इप्रका बनेपाका प्रहरी निरीक्षक सुनिलजङ्ग शाहले बताए । 

धुलिखेल नगरपालिकाका वडा नं ३, ४ र ६ मा ३१ घरटहरा भत्काइने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए  । विसं २०३१ पहिले बनेका ५६ घरको मुआब्जा दिएर भत्काइने सडक विभागका डिभिजन इञ्जिनीयर गुरुप्रसाद अधिकारीले जानकारी दिए  । राजमार्गमा २५ मिटर अर्थात् ८२ फिट कायम हुने तथा बनेपा बजारको हकमा ७५ फिट मात्रै कायम गरिएको छ । सर्वोच्च अदालतको फैसलापछि बनेपा बजारमा भने ७५ फिट कायम गरिएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved