वित्तीय अपराध बढ्दै, ३ बर्षमा १७ हजार बढी घटना

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 04, 2018 | 08:25:17 AM मा प्रकाशित

laxmi  sunrise bank

उपत्यकाभित्र सबै भन्दा धेरै वित्तीय अपराधका घटना हुने गरेको पाईएको छ । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले  पछिल्लो तीन वर्षको अवधिमा देशभर १७ हजारभन्दा बढी वित्तीय अपराधका घटना घटेका जनाएको छ । यी मध्ये अधिकाश घटना उपत्यकामा भएका हुन् ।  

आव २०७२-७३ मा काठमाडौं उपत्यकासहित वित्तीय अपराधका ५ हजार ३ सय १ मुद्दा अदालतमा दर्ता भएका छन् । त्यस्तै आव २०७३-७४ मा ५ हजार २ सय २० मुद्दा वित्तीय अपराधसँग जोडिएका छन् । गत आवमा अघिल्ला दुई आवको भन्दा १ हजार २ सयभन्दा बढी वित्तीय अपराध बढेको देखिन्छ । आव २०७४-७५ मा दर्ता भएका ६ हजार ४ सय ६४ मुद्दा बैंक-वित्तीय अपराध, ठगी, लुटपाट, चोरी-डकैतीलगायतसँग जोडिएको अपराध अनुसन्धान विभागको तथ्यांकमा उल्लेख छ । 

हरेक दिनजसो बैंकिङ कसुर, चोरी-डकैती, ठगी, अंशवण्डा विवाद, जबर्जस्ती चन्दा-फिरौती असुल, चेक बाउन्सलगायतका अपराधका घटना प्रहरीमा दर्ता हुने गरेको छ ।

गरिबी, प्रतिशोध, वैदेशिक रोजगारी, अंशवण्डा विवाद, छिट्टै सम्पत्ति आर्जन गर्ने अभिलाशा, असफल प्रेम, प्रविधिको दुरुपयोग, अरुको उक्साहट, आबेग, प्रतिशोध, रिसइवी र निराशका कारण अपराध हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved