पूर्वपश्चिम राजमार्गको सुधारका लागि २० अर्ब ७० करोड ऋण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 04, 2018 | 05:30:17 PM मा प्रकाशित

laxmi  sunrise bank

 एशियाली विकास बैंकले पूर्वपश्चिम राजमार्गको सुधारका लागि करीब रु २० अर्ब ७० करोड ऋण उपलब्ध गराउने भएको छ । 

बैंक सञ्चालक समितिको मनिलामा सम्पन्न आजको बैठकले उक्त बाटो मर्मतसम्भारका लागि सो रकम नेपाल सरकारलाई ऋण स्वरुप प्रदान गर्ने निर्णय गरेको हो । नेपालको आन्तरिक तथा बाह्य व्यापारको प्रमुख मार्गका रुपमा रहेको उक्त बाटो सुधारपछि नेपालको यातायात पद्धति सुदृढ हुनाका साथै राष्ट्रिय तथा क्षेत्रीय सम्पर्क विस्तारमा योगदान पुग्ने विश्वास उक्त बैंकले व्यक्त गरेको छ ।

बैंकको प्रधान कार्यालयले आज एक वक्तव्य जारी गरेर उक्त बाटोको स्तरोन्नतिपछि नेपालको व्यापार प्रवद्र्धनमा टेवा पुग्ने र सडक सुरक्षामा पनि सुधार आउने अपेक्षा गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved