१९ वर्षीय उमेशले कसरी निकाले एकसाथ ३ सरकारी बैंकमा नाम ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 05, 2018 | 02:27:04 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछाप जिल्लाको खाडादेवी गा.पा. ४ पकरबासमा २०५६ बैशाखमा जन्मेका उमेश प्रसाइ अहिले गाउँमा बैंकरको नाममा चिनिन्छन् । हुनत उनले यो क्षेत्रमा प्रवेश गरेको धेरै भएको छैन । सानै उमेरमा लोकसेवामा नाम निकाली कृषि बिकास बैकं चौतारामा सहायक लेखपाल पदमा कार्यरत उनी सफलतालाई लगनशील र मेहनतको प्रतिफल मान्छन । कृषि बिकास बैकंको (सहायक लेखपाल), राष्टिय वाणिज्य बैकको (नगद सहायक) र नेपाल राष्ट्र बैकको पूर्वयोग्यता परिक्षा गरि एकै पटक ३ वटा बैकंमा नाम निकाल्न सफल उनी गाउँकै प्रयागेश्वर उ.मा.वि. बाट +२ सकेर मन्थली सहिद स्मृति क्याम्पसमा बि.बि.एस. तेस्रो बर्षमा अध्ययनरत छन । 

साधारण गाउँले परिवारमा जन्मिएका र गाउँकै सरकारी स्कुलमा पढेका व्यतिm पनि सफल बन्न सक्छन भन्ने उदाहरण प्रस्तुत गरेका प्रसाई सिमित कोटामा सयौँ प्रतिस्पर्धीलाई पछि पार्दै करियर सुरु गर्न सफल भए । बैंकिङ सेवा क्षेत्रमा प्रवेश गर्न चाहाने र लोकसेवाको तयारी गरिरहेका साथिहरुलाई उनको सुझाव यस्तो छ :

हामीले उनलाई काम गर्ने र कमाई हुने धेरै विधाहरु हुँदाहुदै पनि बैकिङ क्षेत्र नै किन रोज्नुभयो ? भनेर सोध्दा उनले आफू कमर्सको विद्यार्थी भएर यही क्षेत्रमा प्रवेश गरेको बताए । उनले भने, “एक त म कमर्सको बिधार्थी हु, त्यो पनि एक कारण हो । र अर्को कुरा सानैदेखि रहर थियो त्यसैले पनि । इज्जत प्रतिष्ठा र कमाइको हिसाबले पनि अन्य क्षेत्र भन्दा अलि राम्रो छ त्यसैले बैंक नै रोजे ।”

उनले यति सानो उमेरमा बैकिङं करियर सुरु गरेका छन् । संघर्षको कुरा गदौ उनी अलि भावुक पनि भए । उनी भन्छन्, “यहाँसम्म आईपुग्न साँच्चै एक किसिमको तपस्या नै गर्नुपर्यो भन्दा पनि हुन्छ । तर त्यति धेरै पनि होईन । संघर्षकै कुरा गर्ने हो भने धेरै पटक दैनिक ३÷४ घण्टा मात्रै सुतेर रात छर्लङ्ग पारेको छु । ती दिनहरु अझै याद आउँछ ।” 

उनले पहिलोपटकमा मात्रै नभई एकैपटकमा ३ वटा बैंकमा नाम निकाले । त्यो पनि खुला प्रतिस्पर्धामा । उनको यो सफलताबाट उनी त खुशी छन् नै, उनका परिवारमा पनि खुशीले प्रवेश गरेको छ । एकैपटक ३ वटा बैंकमा नाम कसरी निकाल्न सफल हुनुभयो भनेर हामीले गरेको प्रश्नमा उनले यस्तो उत्तर दिए, “सम्भव भन्ने कुरा सबै चिजमा छ तर मनदेखी चाहनु पर्छ । जुन बिषयमा लागियो त्यसमा एकाग्र भएर निरन्तर लागियो भने सकिन्छ । ३ वटै बैकमा नाम निकाल्न मैले ३ वटै बैकको पाठ्यक्रम मिलायर पढे किनकि ३ वटै बैकको पाठ्यक्रम ६० प्रतिशत जति मिल्दो जुल्दो छ । मैले हार्डवर्क भन्दा स्मार्टवर्कलाई प्रथमिकता दिए त्यसैले सम्भव भयो ।” 

उनले त्यति सजिलै भने नाम निकालेका होईनन् । यसको लागी उनले धेरै संघर्ष पनि गरेका छन् । उनले भावुक हुँदै हामीलाई सुनाए, “सुरुसुरुमा धेरै गाह्रो भयो । पढ्ने सामग्री जुटाउनै गाह्रो भयो, कसरी पढने त्यो थाहा थियन, कलेज पढ्दै टाईम निकाल्न गाह्रो भयो । अर्को रमाइलो घटना पनि छ, मेरो सधै स्वर निकालेर पढ्ने बानी थियो म राती ११ बजे सम्म अनि बिहान ३ बजे देखि पढ्थे धेरै पटक घरबेटीले डिस्टर्ब भयो भनेर कोठा छोडेर जा समेत भनेका थिए । ती दिन सम्झिदा अहिले अलि भक्कानिन्छु । साँच्चै त्यतिबेला घरबेटीको कचकच सहन नसकेर हिडेको भए अहिले म कुवाको भ्यागुता कुवामै भनेजस्तै हुन्थे ।” 

एकैपटक ३ वटा बैकंमा नाम निस्किएपछि उनी केही समय अलमलमा परे, कता जाने भनेर । “अलमल त भयो तर पहिला कृषि विकास बैकंले नियृुतिm दियो, छिमेकी जिल्ला सिन्धुपाल्चोक चौतारा शाखामा । ब्याचलर पढ्न चौतारा क्याम्पस पनि थियो त्यसैले कृषि बिकास बैकं नै रोजे” उनले भने । 

१०० ठाउमा १–१ मिटर खनेर पानी आउदैन । तर एकै ठाउँमा १०० मिटर खन्यो भने पानि आउछ । त्यसैले निरन्तरता, एकाग्रता र संघर्ष चाहिन्छ

पटक पटक परीक्षामा सामेल हुदा पनि नाम निकाल्न नसकेको धेरै बाट गुनासो आउने गरेको छ, तपाइको एकै पटकमा निस्किनुको खास रहस्य के हो ? भनेर हामीले जान्न खोज्दा उनले निकै वौद्धिक तर्क पेश गरे । उनी भन्छन्, “अहिले धेरै साथीहरु अरुको देखासिखि गरेर न नाम निस्किपो हाल्छ कि भनेर लोकसेवा पढ्छन तर त्यसरी हुदैन । घोकेर हैन बुझेर ३ महिना पढियो भने नाम निस्किन्छ । केही साथीहरु बैकं पनि पढ्ने, पाए पुलिस तिर पनि भिड्ने, कोरियन भाषा पनि पढ्ने गर्छन, यसरी चाही हुदैन । १०० ठाउमा १–१ मिटर खनेर पानी आउदैन । तर एकै ठाउँमा १०० मिटर खन्यो भने पानि आउछ । त्यसैले निरन्तरता, एकाग्रता र संघर्ष चाहिन्छ ।” 

धेरै निजि क्षेत्रका बैकंहरु हुँदाहुँदै पनि सरकारी नै किन रोज्नुभयो भन्दा उनी समाज र परिवारले छोराले सरकारी जागिर नै खाओस् भन्ने अपेक्षा गरेको हुनाले त्यसलाई पूरा गर्न पनि आफूले सरकारी नै रोजेको बताए । “अझै पनि नेपाली सर्वसाधारणहरु को सरकारी बैकंप्रति को धारणा प्रविधि मैत्री छैन, काम ढिला हुन्छ, कर्मचारी सबै बुढापाका छन भन्ने छ । तर बास्तवमै यो सत्य होईन । अब हामी पनि हाईटेक भइसकेका छौ भन्ने कुरा प्रमाणित गर्न पनि म जस्ता सयौं युवाको रोजाई सरकारि बैकं हुने गर्छ ।”

सँगैं अध्ययन गरेका साथीहरु अझै बेरोजगार छन, तपाईले त करियर सुरु गरिसक्नुभयो । साथीहरु कत्तिको ईष्र्या गर्छन भन्ने प्रश्नमा उनले साथीहरुको बचाउ गरे । उनी मुसुक्क हाँस्दै साथीहरु ईष्र्या भन्दा पनि सल्लाह माग्ने गरेको बताउँछन् । 

अब पढाई त छुट्ने भयो नि भन्दा उनी पढाईलाई निरन्तरता दिनेमा अडिक रहे । उनी भन्छन्, “आट्नु पर्छ सबै सम्भव छ । चौतारामा चौतारा बहुमुखि क्याम्पस छ बिहान कलेज दिउसो अफिस ।”

उनले आफू यहाँसम्म पुग्नुमा परिवार र साथीभाईको महत्वपूर्ण हात रहेको भन्दै सम्झिए । “म यहाँसम्म पुग्नुमा मेरो बुबा ममि अनि छुटाउनै नहुने नाम मेरो अकंल सरोज प्रसाई हाल राष्ट्रिय वाणिज्य बैकं शाखा कार्यलय कपिलाकोट सिन्धुलीमा शाखा प्रबन्धक पदमा कार्यरत हुनुहुन्छ । उहाले धेरै सिकाउनु भयो । उहाँकै प्रेरणाले मलाई हौसला मिल्यो ।” उनले आफ्नो भविष्यको योजना सुनाउँदै भने, “म बैंकिङ क्षेत्रमा प्रवेश गरेको छु । एउटा सपना पूरा भएको छ, अब अध्ययनलाई बढाउँदै यही क्षेत्रमा आफू स्थापित हुने योजना छ ।”

अन्त्यमा उनले बैकिङ क्षेत्रमा प्रवेश गर्न चाहने र लोकसेवा तयारी गरिरहेकाहरुलाई सुझाव पनि दिए । “राम्रोसंग ध्यान दिएर निरन्तर पढ्नुपर्छ, लोकसेवामा सफल हुन लेखन एकदम सुधार्न‘ पर्ने कुरा हो । टाईम टेबल बनायर दिनको ५/६ घण्टा पढ्नुपर्छ । किताबको मात्रै भर पर्न‘ हुदैन अलि अपडेटेड हुनुपर्छ । यसरी पढियो भने नाम निकाल्न कुनै गाह्रो छैन ।” 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved