'सरकारी भुक्तानी अनलाइनबाटै'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 07, 2018 | 01:40:06 PM मा प्रकाशित

laxmi  sunrise bank

पुर्व अर्थमन्त्री डा सुरेन्द्र पाण्डेले सम्पूर्ण सरकारी भुक्तानी अनलाइन पेमेन्ट मार्फत गर्न माग गरेका छन् । आइतबार संघीय अन्तर्गतको अर्थ समितिमा बोल्दै पुर्व मन्त्री पाण्डेले अब देखि हुने हरेक सरकारी भुकतनी अनलाइन मार्फत गर्न माग गरेका हुन् । 

सांसद पाण्डेले सरकारी निकायमा हुने भ्रष्ट्राचार कम गर्न तथा खर्च अनियमितता कम गर्न यस्तो माग गरेका हुन् । उनले बैठकमा अब देखि नै सरकारी भुक्तानीको हकमा अनलाइन पेमेन्ट मार्फत भुक्तान हुने ब्यबस्था गर्न सरकारलाई निर्देशन दिनको लागि माग गरेका हुन् । 

साथै उनले आर्थिक बर्ष अन्त्य  हुन् लाग्दा बजेटको दुरुपयोग बढेको भन्दै असार १५ पछि काटिएको चेक रिजेक्ट हुने ब्यबस्था गर्न पनि माग गरेका छन् ।  उनले सरकारले गर्नु पर्ने सबै भुक्तानी अनलाइन मार्फत गर्न र त्यहि सिस्टमले असार १५ पछिका चेक रिजेक्ट हुने ब्यबस्था मिलौउन सरकारसँग आग्रह गरेका हुन् ।  

साथै सांसद पाण्डेले सरकारले भुक्तान गर्नु पर्ने पैसा सिधै सम्बन्धित व्यक्ति वा संस्थाको खातामा सिधै ट्रान्सफर गर्ने ब्यबस्था लागु गर्न पनि माग गरेका छन् । 

बैठकमा अर्थ मन्त्रालयका राजश्व सचिवले सरकार अनलाइन भुक्तानी तर्फ सकारात्मक रहेको र यहि बाटोमा मन्त्रालयले काम गरिरहेको बताएका थिए । 

यस अघि पाण्डेले गत जेठमा देशमा भैरहेको भ्रष्टाचार रोक्न पाँच सय र एक हजार दरका नोट बन्द गरी एक सय रुपैयाँ दरको नोटमात्रै चलनचल्तीमा ल्याउनुपर्ने बताएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved