नागरिक लगानी कोषको अध्यक्षमा भट्टराई, सीईओको जिम्मेवारी अर्थकी सहसचिब पौडेललाई

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 07, 2018 | 03:19:06 PM मा प्रकाशित

laxmi  sunrise bank
नागरिक लगानी कोषको अध्यक्षमा ड़ा रामचन्द्र भट्टराइ नियुक्त भएका छन। भदौ २१ को मन्त्रिपरिषद्को बैठकले भट्टराइलाई कोषको संचालक समितिको अध्यक्ष नियुक्त गरेको हो। 

सरकारले कोषको अध्यक्ष रिक्त भएको झन्डै दुई महिनापछि भट्टराइलाई अध्यक्ष नियुक्त गरेको हो। कोषका तत्कालिन अध्यक्ष महाश्रम शर्माले अध्यक्षबाट राजिनामा दिएपछी सो पद रिक्त थियो। 

तत्कालिन अध्यक्ष शर्माले राजीनामा दिएपछि बिज्ञ संचालकमा नियुक्ति पाएका अर्थमन्त्री ड़ा युबराज खतिवडाको छोरी ज्वाई ड़ा रामशरण खरेललाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो। बिज्ञ संचालकमा खरेललाई नियुक्त गरीएपनि ६ महिनादेखि अर्को एक जना बिज्ञ संचालकको नियुक्ती हुन सकेको छैन। 
    
त्यस्तै कोषको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट छनौट गर्ने भन्दै सरकारले सो पदका लागि दरखास्त आह्वान गरेको छ। कार्यकारी निर्देशक बन्न योग्यहरुले असोज २२ गतेभित्र अर्थमन्त्रालयको बित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आइपुग्ने गरी गोप्य आवेदन दिनुपर्नेछ।  

नागरिक लगानीकोषको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट छनौट हुने भएको छ। उक्त पद रिक्त भएको करिब २ महिनापछि अर्थमन्त्रालय अन्तर्गत गठिक छनौट तथा सिफारिस समितिले एक सूचना प्रकाशित गर्दै कोषको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको हो ।   

प्रकाशित सूचना अनुसार कार्यकारी निर्देशक बन्न योग्यहरुले असोज २२ गतेभित्र अर्थमन्त्रालयको बित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आइपुग्ने गरी गोप्य आवेदन दिनुपर्नेछ। हाल कोषको प्रमुख कार्यकारीको जिम्मेवारी अर्थमन्त्रालय सहसचिब चन्द्रकला पौडेलले निर्वाह गर्दै आएकी छिन।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved