सरकारी भुत्तानी अनलाइन मार्फत गर्न अर्थ समितिको निर्देशन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 07, 2018 | 06:25:41 PM मा प्रकाशित

laxmi  sunrise bank

संघीय संसदको अर्थ समितिले सरकारी भुक्तानि प्रणालिलाई व्यवस्थित गर्न पूर्ण रुपमा विधुतीय भुक्तानि प्रणाली लागु गर्न सरकारलाइ निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले बाणिज्य बैङ्कहरुको पहुँच भएका स्थानीय तहमा पूर्ण रुपमा विधुतीय भुक्तानि प्रणाली लागु गर्न गराउन  निर्देशन दिएको हो ।

बैठकमा पुर्व अर्थमन्त्री डा सुरेन्द्र पाण्डेले सम्पूर्ण सरकारी भुक्तानी अनलाइन पेमेन्ट मार्फत गर्न माग गरेका थिए  ।  सांसद पाण्डेले सरकारी निकायमा हुने भ्रष्ट्राचार कम गर्न तथा खर्च अनियमितता कम गर्न यस्तो माग गरेका हुन् । उनले बैठकमा अब देखि नै सरकारी भुक्तानीको हकमा अनलाइन पेमेन्ट मार्फत भुक्तान हुने ब्यबस्था गर्न सरकारलाई निर्देशन दिनको लागि माग गरेका थिए । 

समितिले यथाशिघ्र वित्तीय जवाफदेहिता कानुनको विधेयक तयार गरि संसदमा पेश गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । यस्तै बैठकले संसदिय प्रकृया भन्दा वाहिरबाट प्रवेश गरेका गैर वजेट कार्यक्रम/योजनाको अवस्था र  पर्याप्त तयारि/अध्ययन विना वजेट विनियोजन गरिएका कार्यक्रमको अवस्थाको जानकारी समितिलाई गराउन पनि सरकारलाई निर्देशन दिएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved