आजको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु: नियुक्तिदेखि स्पष्टीकरणसम्म

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 07, 2018 | 06:48:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषका संचालकमा डा रामचन्द्र भट्टराई मनोनित भएका छन् । आइतबार बसेको संचालक समितिको बैठकले भट्टराईलाई संचालक सदस्य नियुक्त गरेको हो ।  भट्टराईलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ । 

यस्तै बैठकले चिनीको मूल्य विवाद समाधान गर्न र रणनीतिक अध्ययन गर्न ७ सदस्यीय समिति गठन गरेको छ।  समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका कृषि हेर्ने सदस्य डा. दिलबहादुर गुरुङ रहेका छन्। समितिमा उखु उत्पादक, चिनी उद्योग, उपभोक्ता हितसम्बन्धी काम गर्ने संस्था तथा उद्योग मन्त्रालय र कृषि मन्त्रालयका सहसचिव सदस्य रहने छन् । 

बैठकले गोरखापत्र संस्थानका अध्यक्ष गोविन्द पोखरेलको राजीनामा स्वीकृत गर्दै संस्थानको  कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ।यस्तै  बैठकले गोरखापत्रका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायसँग ३ दिने स्पष्टिकरण माग गरेको छ । 

बैठकले ऊर्जा क्षेत्रमा लगानी वृद्धि गर्न विश्व बैंक समूहको ११ अर्ब ६३ करोड ऋण स्वीकृत गरेको छ भने सिन्धुली बर्दिबास सडकखण्डको मर्मत सम्भारका लागि जापान सरकारले प्रदान गर्ने १ अर्ब ४ करोड सहायता रकम समेत स्वीकृत गरेको छ। 

बैठकले श्रमजीवी पत्रकारको न्यूनतम तलब २५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ। सरकारले कात्तिक १ गतेबाट लागू हुने गरी तलव समायोजन गरेको हो। यस संगै श्रमजीवी पत्रकारको न्यूनतम तलब २४ हजार ३ सय ७५ पुगेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved