ट्रायल फेल हुनेलाई लाइसेन्स दिने कार्यालय प्रमुख सहित १० जना बिरुद्द भ्रष्ट्राचार मुद्दा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 09, 2018 | 02:21:13 PM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, बागमति एकान्तकुनाका कार्यालय प्रमुख तेजनारायण यादव सहित १३ उच्च कर्मचारीहरु बिरुद्द भ्रष्ट्राचार मुद्दा दायर गरेको छ  । अख्तियारले आज मंगलबार बिशेष अदालत काठमाडौँमा भ्रष्ट्राचार मुद्दा दायर गरेको हो  ।

कर्मचारीले आर्थिक लाभ घुस रिसवत लिएर परीक्षामा फेल भएका एवं ट्रायल परीक्षा नदिएकै अवस्थामा समेत सवारी चालक अनुमतिपत्र जारी गरेको उजुरी परेपछि आयोगले यस बिषयमा नुगमन गरेको थियो  । अनुगमनको क्रममा ७४ साल माघ १ देखि ७४ साल फागुन २५ गतेसम्म जारी भए गरेका २०८ वटा B Category ( कार, जिप, डेलीभरी भ्यान) वर्गको सवारी चालक अनुमतिपत्र मध्ये  २०४ वटा  परीक्षाको नतिजा फेरबदल एवं थपघट गरि जारी गरिएको  पाइएको अख्तियारले जनाएको छ  । 

अख्तियारले हदैसम्मको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको हो । 

हेर्नुस को को बिरुद्ध मुद्दा दायर भयो ?

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, बागमति एकान्तकुनाका कार्यालय प्रमुख तेजनारायण यादव, शाखा अधिकृत इश्वरराज रेग्मी, मेकानिकल इन्जिनियर श्याम के.सी., शाखा अधिकृत भूपराज दाहाल, शाखा अधिकृत शिवप्रसाद सुवेदी, शाखा अधिकृत विष्णुप्रसाद सुवेदी।  

त्यस्तै यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, बागमति, ठूलोभर्यासङ्ग काठमाडौं कार्यालयका शाखा अधिकृत शालिग्राम पौडेल, यातायात व्यवस्था विभागका कम्प्युटर अपरेटर लक्ष्मण तिवारी, कम्प्युटर अपरेटर विज्ञान खड्की र एकान्तकुना ललितपुर कार्यालयका नायव सुब्बा लेखनाथ भूषाल  ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved