राजीनामा दिँदै रामवीरले भने-वामदेव संसदमा आए काठमाडौं मात्र नभई देशकै विकास हुन्छ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 09, 2018 | 05:46:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद तथा काठमाडौं- ७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले पदबाट राजीनामा दिएका छन्।मंगलबार काठमाडौंको विजुली बजारमा आयोजित पत्रकार सम्मेलनमार्फत् उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

पत्रकार सम्मेलनमा मानन्धरले पार्टीले भने बमोजिम आफुले राजीनामा दिएको बताए। उनले वामदेव गौतमले तत्कालीन एमाले-माओवादी केन्द्रको गठबन्धन र पार्टी व्यवस्थापनमा प्रभावकारी भूमिका खेलेको बताए।

देशमा कम्युनिष्ट पार्टीको स्थिर सरकार रहेको र वामदेवले कम्युनिष्ट पार्टीको चुस्त व्यवस्थापन गर्ने दाबि गर्दै उनले भने, ‘उहाँ संसदमा आउनु भयो भने काठमाडौं ७ को मात्र नभइ देशकै विकास हुन्छ’।

आफूले प्रचण्डलाई राजीनामाको स्वीकृति पत्र दिएको जानकारी गराउदै उनले भोलिको सचिवालय बैठकले निर्णय गर्ने र त्यसपछि सभामुखलाई राजीनामा बुझाउने बताए।  

बामदेब गौतम बाहिरको हुनुहुन्छ नि भन्ने प्रश्नमा मानन्धरले आफुहरु कोहि पनि बाहिर वा भित्रका नभएको जवाफ दिए।  गत संसदीय निर्वाचनमा काठमाडौं ७ मा नेकपाका मानन्धरले १८ हजार १ सय २ मत ल्याएका थिए। उनले राप्रपाका विक्रम थापालाई पराजित गरेका थिए।  नेवार समुदायको बाक्लो जनसंख्या रहेको काठमाडौं ७ मा रामवीर लोकप्रिय छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved