19 Oct, 2018 | २ कार्तिक २०७५ | शुक्रवार




Bizpati Reporter

Follow us on

५ लाख घुस सहित सहन्यायाधिवक्ता अख्तियारको फन्दामा

Posted on:October 10, 2018

citizen bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई घुस रकमसहित पक्राउ गरेको छ । 

अभियुक्त थापाले सेवाग्राहीलाई ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने प्रलोभन देखाई रु पाँच लाख लिइरहेको अवस्थामा आयोगको टोलीले आज निजकै कार्यकक्षबाट पक्राउ गरेको हो । 

आजै मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत खेमनारायण पौडेल र खरिदार सञ्जय शर्मालाई पनि घुस रकम रु ५० हजारसहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । 

Share your thoughts!

Loading...

Trending