राजधानीका यी स्थानमा आज ७ घण्टा बत्ति नआउने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 11, 2018 | 12:01:59 PM मा प्रकाशित

laxmi  sunrise bank
बिहिबार राजधानीका विभिन्न स्थानमा बिद्युत आपूर्ति बन्द हुने भएको छ ।   कलंकी नागढुंगा सडक खण्डको ढुंगे अड्डादेखि तीनथाना बस स्टप सम्म लाइन सिफ्टिंग तथा व्यवस्थापन कार्यको लागि बिद्युत लाइन बन्द हुने नेपाल बिद्युत प्राधिकरणको जनाएको हो  ।  

जस अनुसार स्युचाटार सब स्टेशन बाट संचालीत् बलम्बु फिडरबाट आपूर्ति हुने तीनथाना ,नैकाप ,सतुङ्गल लगायतका ‌‍क्षेत्रमा आज बिहान १०  बजे देखि बेलुका ५ बजे सम्म बिधुत आपूर्ति अवरुद्ध हुने छ  ।  तोकिएको समय भन्दा अगावै कार्य सम्पन्न भएको अवस्थामा ५ बजे भन्दा अगावै लाइन सुचारु गरिने प्राधिकरणकी सूचना अधिकारी लिला अर्यालले जानकारी दिईन  ।

सडक निर्माण गर्ने ठेकेदारलाई अबिलम्ब कार्य सम्पन्न गर्ने दबाब बढे पछि पछिलो समयमा २४ घण्टा नै सडक को काम हुदै आइ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved