भारतमा आएको शक्तिशाली आंधीले नेपालमा हिउँ पर्न सक्ने, मौसममा बदली

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 11, 2018 | 06:24:34 PM मा प्रकाशित

laxmi  sunrise bank

बंगालको खाडिमा बनेको सामुन्द्रिक आंधी तितलीले भारतको विभिन्न राज्यको जनजीवन प्रभावित भएको छ । १४० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आधिले ओडिसामा भारी बर्षा भएको छ । त्यहाको सरकारले ३ लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको छ । हालसम्म आंधीमा परी ७ जनाको मृत्यु भएको  छ । 

तितलीको प्रभाव नेपालमा पनि पर्ने जल तथा मौसम पूर्वानुमान बिभागले जनाएको छ । बिभागक अनुसार अहिले पूर्वी क्षेत्रको मौसम बदलि भएको छ । साथै पूर्वी क्षेत्रको केहि स्थानहरुमा हल्का वर्षा पनि भैरहेको बिभागले जनाएको छ । तितलीको प्रभावले शुक्रबार र शनिवार नेपालको पूर्वी क्षेत्रमा बादल लागि मौसम बदली हुने तथा पूर्वी तथा मध्य भागका केहि स्थानमा हल्का तथा मध्यम वर्षा हुने बिभागले जानकरी दिएको छ । 

त्यस्तै पूर्वी नेपाल र मध्य पहाडी क्षेत्र्का केहि भूभागमा हल्का हिउँ पर्ने समेत बिभागले जनाएको छ । अरेबियन समुद्रमा लुबान नामको अर्को आंधी पनि आएको छ  । यसले भने नेपाललाई कुनै असर नगर्ने बिभागले स्पष्ट पारेको छ  ।  

उता पश्चिमी बायु को प्रभावले सुदुर पश्चिमको मौसम बदलि भएको छ  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved