पब्लिकमा जाने बुद्धको घोषणामा लगानीकर्ता संघको आपत्ति, निर्णय नसच्याए आमरण अनसन बस्ने चेतावनी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 12, 2018 | 08:54:09 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पूँजीबजार लगानीकर्ता संघले बुद्ध एयरको पछिल्लो घोषणा प्रति आपत्ति जनाएको छ । बुद्ध एयरले केहि दिन अघि मात्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि अन्तर्राष्ट्रिय उडान सुरु गर्ने र अन्तर्राष्ट्रिय तर्फको उडानलाई पब्लिक कम्पनी मार्फत गरी सर्वसाधारणलाई शेयर जारि गर्ने घोषणा गरेको थियो  

कम्पनीको यस्तो घोषणा प्रति पूँजीबजार लगानीकर्ता संघले आपत्ति जनाएको हो । संघले बुद्ध एयर पब्लिकमा जानु स्वागतयोग्य भएको तर कम्पनीले गलत ब्याख्या गर्दै अन्तर्राष्ट्रिय उडान मात्र पब्लिकमा लैजानु निन्दनीय बिषय भएको बताएको छ ।  नाफामा भएको आन्तरिक उडानमा अईपिओ जारि नगर्ने तर तिब्र प्रतिस्पर्धा हुने अन्तर्राष्ट्रिय उडानमा ७० प्रतिशतसम्म शेयर पब्लिकमा दिने कम्पनीको निर्णय प्रति आफ्नो ध्यानाकर्षण भएको संघले जनाएको हो।

संघकी अध्यक्ष राधा पोखरेलले बुद्धको यस्तो निर्णय निन्दनीय र लगानीकर्ता मारा भएको बताएको छिन् । नेकोन एयरको उदाहारण दिदै अध्यक्ष पोखरेलले भनिन् ' नेकोन एयरको ईतिहास हाम्रो सामु ताजा छ, हाम्रा कैयन लगानीकर्ता उक्त एयरको सेयरमा नराम्रो सग फस्नु भएको छ, बुद्दको पनि त्यहि हाल नहोला भन्न सकिन्न' ।'

२०४९ सालदेखि संचालनमा आएको नेकोन एयरले सफल भएपछि आईपिओ जारि गरेको थियो  । तर पछि आर्थिक कारण देखाउदै कम्पनी बन्द हुँदा लगानीकर्ता फसेका थिए  ।

अध्यक्ष पोखरेलले अन्तराष्ट्रिय उडान भर्नु पर्ने सेक्टरको मात्र आईपिओ जारी गर्न लाग्नु लगानीकर्तालाई उल्लु वनाउनु सिवाय केही नभएको बताएकी छिन् । यदि वुद्ध एयरले यो निर्णय नसच्याउदै धितोपत्र वोर्डले आईपिओ निष्काशन गर्न अनुमति दिएमा र बोर्डले अनुमति दिएमा त्यसमा ठुलो आर्थिक चलखेल हुने संघको आशंका छ  । बुद्ध एयरको यो निर्णय कुनै पनि हालतमा लागु हुन् नदिने भन्दै संघले धितोपत्र वोर्डको कार्यलय भवन जावलाखेलमा आमरण अनसन समेत वस्ने चेतावनी दिएको छ ।

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले  बुद्धको अन्तर्राष्ट्रिय उडान पब्लिक कम्पनीमार्फत हुने र त्यसमा कम्पनीले ३० प्रतिशत मात्र शेयर राखी बाँकि शेयर बिक्रि गर्ने बताएका थिए । कम्पनीले ३० प्रतिशत आफुसंग राखेर सर्वसाधारणलाई ३० प्रतिशत र ३० प्रतिशत अन्तर्राष्ट्रिय रणनीतिक साझेदारलाई दिइने योजना सार्बजनिक गरको थियो  । बाँकि १० प्रतिशत हवाई क्षेत्रमा आउन चाहने स्वदेशी संघ–संस्था या व्यक्तिले पाउने कम्पनीले बताएको छ ।

यो पनि : 

पब्लिक कम्पनीमा जाने बुद्ध एयरको घोषणा, सर्वसाधारणलाई ३० प्रतिशत शेयर

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved