ज्याकेट एडमा समाचार साटिदा प्रेसको विश्वसनीयतामाथि प्रश्न!

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 13, 2018 | 07:05:02 PM मा प्रकाशित

laxmi  sunrise bank

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले राजनीतिक र आर्थिक स्वार्थका कारण प्रेसको विश्वसनीयतामाथि प्रश्न उठेको टिप्पणी गरेका छन। शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेकपाका समेत नेता रहेका ज्ञवालीले प्रेसले विश्वसनीयता गुमाएको दिन आफ्नो सामर्थ्य गुमाउने भन्दै चिन्ता व्यक्त गरे। 

अनलाइन मिडिया व्यक्तिगत प्रतिरोध पोख्ने माध्यम समेत बन्न थालेको भन्दै मन्त्री ज्ञवालीले पत्रिकाले जे पनि लेख्छ, अनलाइनमा जे पनि आउँछ भन्ने जनधारणा बन्दै चिन्ता ब्यक्त गरे।  

कहिले काँही राजनीतिक स्वार्थ र आर्थिक स्वार्थका कारण प्रेसको विश्वसनीयतामा प्रश्न उठेको उनले बताए । साथै, अनलाइन मिडिया व्यक्तिगत प्रतिरोध पोख्ने माध्यम समेत बन्न थालेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

‘पत्रिकाले जे पनि लेख्छ, अनलाइनमा त जे पनि आउँछ भनेर विश्वसनीयता गुमाएको दिन प्रेसले आफ्नो समथ्र्य गुमाउँछ’ उनले भने, 'यहि कारण प्रेसको विश्वसनीयतामाथि केही प्रश्नहरु उठ्न थालेको छ, यसमा सबै घोत्लिन जरुरी छ ।’ 

मन्त्री ज्ञवालीले पछिल्लो समय मिडिया हाउसहरु व्यापारिक स्वार्थको सिकार बन्न थालेको आशंका व्यक्त गरेका छन। 'अघिल्लो दिनसम्म कुनै खास मुद्दामा लगातार न्युज आउँछ' उनले भने, 'अर्को दिन सोहि मुद्दासंग सम्बन्धितको ज्याकेट एडले पत्रिका सर्लक्क ढाकिन्छ, त्यसपछि खास मुद्दामा उठाईएको न्युजको कुनै फलोअप नै हुदैन।'

मन्त्री ज्ञवालीले संविधानले पत्रकारहरुको हक, हितका लागि आवश्यक व्यवस्था गरेपनि त्यसलाई कार्यान्वयनमा लैजान संचार माध्यम पनि सचेत हुनुपर्ने बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved