'कम्युनिष्टलाई भोट हाल्ने नागरिक पछुताउन थाले'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 13, 2018 | 07:29:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा कम्युनिष्टलाई भोट हाल्ने नागरिक पछुताउन थालेको टिप्पणी गरेका छन। कांग्रेस व्यास नगरसमिति वडा नम्बर १० ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले बढ्दो महँगी, भ्रष्टाचार, बलात्कारका घटना न्यूनिकरणमा सरकार असफल भएसँगै नागरिक निराश हुन थालेको गुनासो गरे।

उनले भने ‘नागरिकले जे सोचेर कम्युनिष्ट पार्टीलाई बहुमत दिएका थिए, सरकारले जनभावनाअनुसार काम गर्न सकेन ।’ नेता पौडेलले स्थानीयस्तरको विकासका लागि व्यास नगरपालिका तथा जिल्ला समन्वयमा गएर माग राख्न कांग्रेस कार्यकर्तालाई आग्रहसमेत गरे। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved