कांग्रेस नेता बाँस्तोलाको अन्त्येष्टि आज

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 14, 2018 | 09:35:15 AM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व परराष्ट्रमन्त्री, पूर्व राजदुत तथा नेपाली कांग्रेसका पुराना नेता चक्रप्रसाद बाँस्तोलाको आज अन्त्येष्टि हुने भएको छ। बाँस्तोलाको शव दिउँसो साढे १ बजेदेखि ४ बजेसम्म पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। कांग्रेसका शीर्ष नेताहरुले पार्टी कार्यालय पुगेर बाँस्तोलाप्रति श्रद्धाञ्जली ब्यक्त गर्ने कार्यक्रम रहेको शर्माको भनाई छ।

मस्तिष्कघातका कारण ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका ७४ वर्षका बाँस्तोलाको स्वास्थ्य अवस्था थप जटिल बनेपछि शनिबार बिहान काठमाडौको बाँसबारीमा रहेको न्यूरो अस्पताल लगिएको थियो । तर, चिकित्सकले उपचार सम्भव नभएको बताएपछि उनलाई दिउँसो ललितपुरको खुमलटारमा रहेको निवासमा लगिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय बाँस्तोलाप्रति श्रद्धाञ्जली ब्यक्त गरेका छन। 

यसैकारण दशैंको मुखमा भएको मूल्यवृद्धि नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउन ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाउने कार्यक्रम कांग्रेसले स्थगित गरेको छ।  आजका लागि तय भएको कार्यक्रम नेता बाँस्तोलाको निधनका कारण स्थगित गरिएको कांग्रेस प्रवक्ता शर्माले जानकारी दिए। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved