दशैँलगत्तै कोदारी राजमार्ग मर्मत गर्न मन्त्री महासेठको निर्देशन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 14, 2018 | 10:27:50 AM मा प्रकाशित

laxmi  sunrise bank

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले तातोपानी नाका सञ्चालनमा ल्याउनका लागि कोदारी राजमार्गको मर्मत सम्भारको काम दशैँलगत्तै अगाडि बढाउन मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन् । शनिवार उक्त राजमार्गको स्थलगत निरीक्षणका क्रममा सिन्धुपाल्चोकको बाह्रबिसे, मितेरी पुलसम्म पुगेका मन्त्री महासेठले पहिरो नियन्त्रणको काम दशैँलगत्तै शुरु गर्न र त्यसका लागि आवश्यक प्राविधिक तयारी गर्न निर्देशन दिए  । 

‘गोरखा भूकम्प’पछि दर्जनौँ स्थानमा पहिरो गएका कारण राजमार्ग अवरुद्ध हुँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार ५ गतेदेखि १० गतेसम्म गर्नुभएको चीन भ्रमणका क्रममा सो नाका आगामी चैत अन्तिम सातादेखि खुलाउने विषयमा सहमति भएको छ । स्थलगत निरीक्षणमा पुगेका मन्त्री महासेठ, सिन्धुपाल्चोकबाट प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटा, प्रदेश नं ३ का वन, वातावरण तथा उद्योगमन्त्री अरुण नेपाल लगायतले पहिरो नियन्त्रण, राजमार्गको मर्मत सम्भारलाई प्राथमिकतामा राखी काम गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराएका थिए ।

तातोपानी नाका बन्द हुँदा मुलुकले ठूलो मात्रामा राजस्व गुमाउँदै आएको छ भने हजारौँको रोजगारीसमेत प्रभावित भएको छ । मन्त्री महासेठले नाका खुल्ने विषयमा नेपाल र चीनबीच सहमति भएको सन्दर्भमा राजमार्गलाई व्यवस्थित बनाउन सरकारले दशैँलगत्तै काम शुरु गर्ने प्रतिबद्धता जनाएका छन्। मन्त्री महासेठले सडक विभागका महानिर्देशक रवीन्द्र श्रेष्ठलाई राजमार्ग मर्मतको कार्ययोजना तत्काल तयार पार्न निर्देशन दिएका छन् । डिभिजन कार्यालय चरिकोटका सिनियर डिभिजनल इञ्जिनियर अशोक तिवारीले केही दिनभित्रै पूर्ण कार्ययोजना तयार पारी पेश गर्ने प्रतिबद्धता जनाए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved