दशैंमा सेनाले निशुल्क बस सञ्चालन गर्ने, यस्तो छ रुट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 14, 2018 | 07:03:44 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँमा नेपाली सेनाले निशुल्क बस सेवा संचालन गर्ने भएको छ । सेनाले बिजयदशमी अर्थात कात्तिक २ गते उपत्यका भित्र निशुल्क बस सेवा संचालन गर्ने भएको हो । 

त्यस दिन उपत्यकामा न्यून मात्र सवारी साधन चल्ने भएकाले  सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको यात्रा सहज बनाउन  निशुल्क बस संचालन गरिन लागेको सैनिक प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार ८ वटा रुटहरुमा ७ बजे, ११ बजे र ३ बजे भद्रकालीबाट ३० सिट क्षमताको १/१ वटा बस निःशुल्क सञ्चालन हुने छ ।

यस्ता छन् रुट: 

रुट नं.१— भद्रकाली, माईतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क । 

रुट नं.२— भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माईतीघर । 
रुट नं.३— भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी (अस्पताल), ताहाचल, टेकु, थापाथली ।
रुट नं.४— भद्रकाली, माईतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।
रुट नं.५— भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तिनकुने, बानेश्वर, शहिदगेट । 
रुट नं.६— भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली । 
रुट नं.७— भद्रकाली, माईतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माईतीघर, भद्रकाली ।
रुट नं.८— भद्रकाली, माईतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved