एनआरएनएले नेपालमा १ करोड एलईडी बल्ब वितरण गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 15, 2018 | 09:11:02 AM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा १ करोड एलईडी लाइट वितरण गर्ने भएको छ ।  बिद्युत बचत गर्ने उदेश्यले २ बर्ष भित्र  १ करोड एलईडी लाइट वितरण गर्ने घोषणा गरेको हो ।  परम्परागत ४० वाट लाइट बराबरको क्षमता १० वाट कै  एलईडी लाइटमा हुने भएकोले बलब वितरणपछि मुलुकमा ३ सय मेगावाट विद्युत् बचत हुने एनआरएनएले जनाएको छ । 

आइतबार काठमाडौंमा आयोजना गरेको पहिलो एनआरएन अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन अन्तर्गतको दिगो ऊर्जा विषयक सत्रमा एनआरएनए ‘उज्यालो नेपाल’ अभियानका संयोजक डा. बद्री केसीले दुई वर्षभित्र सरकारसँगको सहकार्यमा १ करोड एलईडी वितरण गर्न लागेको जानकारी दिएका हुन् । उनले स्थानीय शिक्षक र आमा समूहको सहभागितामा एलईडी लाइटको प्रयोगको जनचेतना जगाउने बताउँदै कृषि, उद्योग, विकासका साथै अन्य पूर्वाधार विकासका लागि विद्युत्को खपत बढाउन सकिने बताए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved