गणतन्त्र स्थापनाको १० बर्षपछि श्रीपेच सार्वजनिक, अब सर्वसाधारणले पनि हेर्न पाउने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 16, 2018 | 01:56:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वसाधारणले पनि श्रीपेच हेर्न पाउने भएका छन। पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छाडेको एक दशकपछि सर्वसाधारणका लागि श्रीपेच खुला गरिएको हो। नारायणहिटी दरबार संग्रहालयभित्रको दराजमा थन्काइएको श्रीपेचलाई बुलेट प्रुफ सिसाभित्र राखेर प्रदर्शनी खुला गरिएको हो। 

सुरक्षा चुनौती देखाउँदै काठमाडौंको नारायणहिटी दरबार संग्रहालयभित्र श्रीपेच बन्द अवस्थामा रहेको थियो। श्रीपेचको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेपछि समारोहमा सहभागिले पनि श्रीपेच अवलोकन गरेका छन्।

पूर्वराजा शाहले २०६५ साल जेठ २९ गते नारायणहिटी छाडेपछि श्रीपेच लगायत महत्वपूर्ण सामग्री कडा सुरक्षा घेराभित्र राखिएको थियो । पूर्वराजाले नारायणहिटी दरबार छाडेको एक दशकपछि सर्वसाधारणका लागि श्रीपेच खुला गरिएको हो । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको संयोजकत्वमा श्रीपेच अवलोकन गर्न समिति गठन भएको थियो। ‘श्रीपेच प्रदर्शनीसँगै सर्वसाधारणका लागि पनि खुला भएको छ,’ पुरातत्व विभागका महानिर्देशक एवं अवलोकन समितिका संयोजक दाहालले जानकारी दिए। 

२०६५ साल फागुन १५ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणहिटी दरबार संग्रहालयको उद्घाटन गरेका थिए। तर श्रीपेच भने प्रदर्शनीमा राखिएको थिएन । संग्रहालयका रूपमा नारायणहिटी दरबार खुला भएपछि अवलोकनकर्ताले श्रीपेच पनि हेर्न खोजेपछि प्रदर्शन गरिएको हो । यो सँगै एक दशक देखिको श्रीपेच हेर्ने आम नेपालीको चाहना पनि पूरा हुने भएको छ। 

पूर्वराजाले नारायणहिटी दरबार छाडेपछि श्रीपेच लगायतका सामग्री २०६५ साल जेठ २९ गते सैलुनमा राखिएको थियो । संग्रहालयको सुर्खेत र रुपन्देही कक्षभित्र श्रीपेच, राजदण्ड, ढाल तरबार, रानीले लगाउने मुकुट, झारी, दुईवटा चमर, दुईवटा मेस सहितका एक दर्जन सामग्री राखिएको छ

श्रीपेचबाहेक राजदण्ड, संसदीय व्यवस्थाकालमा राजाको प्रतिनिधिका रूपमा गणतन्त्र स्थापना अघि संसदमा लगिने मेस लगायतका सामग्री पनि छन् । श्रीपेचमा हीरामोती, माणिक, नवरत्न, सुन, कल्की जडिएको गरिएको छ । राजदण्ड र चमरमा पनि सुनै सुन छ । सैलुन कक्षमा राखिएको श्रीपेचमा ७ सय ५० वटा हीराका टुक्रा छन् । टायरामा २ हजार ७ सय टुक्रा । श्रीपेचको पछाडि झुन्डिएको कल्की चाहिँ बर्ड अफ प्याराडाइज नामक चराको पुच्छर रहेको छ। 

सुरक्षा निकायले श्रीपेचको सुरक्षा अवस्थाको चौबीसै घण्टा अवलोकन गर्ने छ । भित्री सुरक्षा नेपाली सेना र बाहिरी सुरक्षा नेपाल प्रहरीले गर्नेछन। श्रीपेच लगायत सामग्री राख्ने स्थान वरपर चार दर्जनभन्दा बढी सीसीटीभी क्यामरा जडान गरिएको छ । 



 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved