नेपाल प्रहरी र सशस्त्र प्रहरीका निःशुल्क बस आजदेखि सञ्चालनमा (रुट सहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 17, 2018 | 10:52:08 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरी र सशस्त्र प्रहरीले काठमाडौं उपत्यकामा बुधबारदेखि निशुल्क बस सेवा संचालनमा ल्याएका छन। दशैं बिदाको समयमा सार्वजनिक यातायात कम चल्ने भएपछि सर्वसाधारणको सुविधाका लागि दुई प्रहरी संगठनले निशुल्क बस संचालनमा ल्याएका हुन। 

नेपाल प्रहरीले अष्टमी, नवमी र दशमीका दिन निःशुल्क बस उपत्यकाभित्रका ३ वटा रुटमा चलाउने महानगरिय ट्राफिक प्रहरी महाशाखाका एसएसपी वसन्त पन्तले बताए। उनका अनुसार ३ वटा बसमा एउटा रुट कलंकी–एकान्तकुना–पुल्चोक–माइतीघर हुँदै पुतलीसडक–रत्नपार्कसम्म चल्नेछ भने रत्नपार्कदेखि त्रिपुरेश्वर–कालीमाटी–कलंकी हुँदै सोही रुट परिक्रमा गर्नेछन् ।

दोस्रो रुटमा कोटेश्वरदेखि शहिदगेट हुँदै महाराजगंजको नारायणगोपाल चोक–गौशाला–मैतीदेवी  परिक्रमा गर्नेछ भने तेस्रो रुटको बस नयाँ बसपार्कदेखि चाबहिल–नक्साल– लैनचौर–सोह्रखुट्टे–नयाँ बजार–बालाजु चोक हुँदै बसपार्क पुग्नेछ।

यस्तै सशस्त्र प्रहरी बलले पनि आजैबाट उपत्यकामा ४ वटा बस निःशुल्क रुपमा सञ्चालनमा ल्याएको छ। सशस्त्र प्रहरीको निःशुल्क बस सेवाको एउटा रुट कलंकी–कालिमाटी–त्रिपुरेश्वर–माइतिघर, बानेश्वर–कोटेश्वर–ठिमी हुँदै सुर्यविनायकबाट फेरि कलंकी पुग्नेछ। दोस्रो रुटमा लगनखेल–जावलाखेल–पुल्चोक–त्रिपुरेश्वर–जमल–लैनचौर–नारायणगोपालचोक–बाँसबारी हुँदै बुढानिलकण्ठसम्म पुगेर सोही रुट हुँदै लगनखेलसम्म पुग्नेछ।  

तेस्रो रुटमा स्वयम्भु हल्चोकबाट कलंकी–बल्खु–सातदोबाटो–कोटेश्वर–गौशाला–चावहिल–सामाखुशी–बालाजु हुँदै चक्रपथ परिक्रमा गर्नेछ । चौथो बस स्वयम्भु हल्चोक हुदै बालाजु –सामाखुशी–चावहिल–गौशाला–कोटेश्वर–सातदोबाटो –बल्खु–कलंकी भएर चक्रपथ परिक्रमा गर्ने सशस्त्र प्रहरी बलले जनाएको छ। सशस्त्रको निःशुल्क बस दसैंको विदा अवधिभर बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने जनाइएको छ। 

त्यस्तै नेपाली सेनाले बिजयदशमी अर्थात कात्तिक २ गते उपत्यका भित्र निशुल्क बस सेवा संचालन गर्ने जनाएको छ। सेनाले दसैंको दिन ८ ओटा बस निःशुल्क सञ्चालन गर्नेछ । 


दशैंमा सेनाले निशुल्क बस सञ्चालन गर्ने, यस्तो छ रुट

   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved