प्रधानमन्त्रीले पनि सर्वसाधारणलाई टीका लगाइदिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 17, 2018 | 07:03:48 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैंको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन। यस अघि राष्ट्रपति र पुर्वराजाले मात्र टिकाइदिने गरेकोमा यो पटक भने प्रधानमन्त्रीले पनि घोषित रुपमा टीका लगाइदिन लागेका हुन। 

प्रधानमन्त्रीको निजि सचिवालयका अनुसार ओलीले विहान शुभसाइतमा बुबा मोहनप्रसाद ओलीबाट टीका ग्रहण गर्नेछन् । दिउँसो १ बाट राष्ट्रपति विद्या भण्डारीबाट टीका ग्रहण गर्न जाने कार्यक्रम तय भएको छ ।  

त्यसपछि प्रधानमन्त्रीले टीका लगाइदिनेछन् । दिउँसो २ बजेपछि ओलीले मन्त्री, सांसद नेता तथा सरकारी कर्मचारीलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ । अपरान्ह साढे ३ देखि साढे ५ बजेसम्म पार्टी कार्यकर्ता तथा सर्बसाधारणलाई टीका लगाइदिनेछन् । 

असोज ३ देखि ६ गतेसम्म विहान ९ देखि १२ बजेसम्म कार्यकर्ता र शुभचिन्तकलाई प्रधानमन्त्रीले टीका लगाइदिने समय तालिका समेत तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved