प्रधानमन्त्रीले दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर गर्ने, काम नगर्ने मन्त्री हटाइने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 17, 2018 | 08:18:16 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंपछि मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन्। नेकपाका नेता एवं सांसद महेश बस्नेतले ओलीले आफ्नो सचिवालय, मन्त्रिमण्डलको पुनर्गठन र प्रहरी प्रशासन परिचालनको विषयमा आवश्यक तयारी गरिरहेको जानकारी दिंदै यस्तो बताएका हुन। 

‘दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर तथा सचिवालय पनि पुनर्गठन हुन्छ’, दशैंलगत्तै सरकारले केही लोकप्रिय कार्यक्रमहरु ल्याउने जानकारी दिँदै ओलीनिकट बस्नेतले भने, ‘दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर तथा सचिवालय पनि पुनर्गठन हुन्छ।'

बस्नेतले अगाडी भने, 'सरकारले केही वितरणमुखी बजेट ल्याउनेछ  र समग्रतामा चाहे त्यो प्रधानमन्त्रीको सचिवालयको पुनर्गठनको कुरा होस वा मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरामा पनि ध्यान दिनेछ, प्रहरी प्रशासन परिचालनको विषयमा पनि ध्यान दिनेछ।’

सरकारमा रहेकी केही मन्त्रीको कार्यशैलीप्रति चौतर्फी गुनासो आइरहेका ओली निकट बस्नेतले  काम नगर्ने मन्त्रीलाई हटाउने तयारी गरिरहेको बिषय बाहिर ल्याउनुलाई महत्त्वका साथ हेरिएको छ।  

‘प्रधानमन्त्रीको ७ महिने कार्यकाल सफल’ 


प्रधानमन्त्रीको ७ महिने कार्यकाल सफल रहेको दाबी गर्दै बस्नेतले भने, ‘सरकारको पर्फर्मेन्सबाट जनताखुशी छन्।’ प्रधानमन्त्री ओलीले २ नम्बर प्रदेशको जनताको भावना बुझेर संविधान संशोधन गर्ने कुरा गरेको पनि उनले सुनाए। 

उनले सीके राउत र नेत्रविक्रम चन्दका गतिविधिहरु एकदमै गलत रहेको बताए। दुई नम्बर प्रदेश र संघीय सरकारबीचको असमझदारी पनि विस्तारै घट्दै जाने उनको भनाई छ। 

फरक प्रसंगमा उनले आफ्नो पार्टीको सांगठनिक अवस्था अहिले कमजोर भैरहेको स्वीकार गरे। ‘त्यसैका लागि प्रधानमन्त्रीले नेता कार्यकर्तालाई संगठित हुनुपर्छ भन्नुभएको छ। प्रधानमन्त्रीले अरिंगाल बन्नुपर्छ भन्नुभएको पनि यही सेन्समा हो। यसलाई बंग्याएर बुझ्नुहुँदैन्’, उनले भने।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved