अघिल्लो सरकारले गर्दा यो बर्ष बढाउन सकिएन, आउने बर्षमा ज्येष्ठ नागरिक भत्ता बढ्छ: प्रम ओली

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 18, 2018 | 08:01:19 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको बिश्वासलाई तलमाथी पर्न नदिने बताएका छन। आफैले आयोजना गरेको शुभकामना कार्यक्रमलाई  झापाको विर्तामोडमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन।

सरकारको सफलतासँग आफ्नो असफलता देख्नेहरुले विभिन्न हल्ला र जनतामा विचलन ल्याउन खोजे पनि आफू जनताका अपेक्षा र विस्वासलाई सधैं शिरोधार्य गर्ने प्रधानमन्त्री ओलीले बताए। 

चुनावका बेला पार्टीले ज्येष्ठ नागरिक भत्ता बढाउने प्रतिवद्धता गरेपनि अघिल्लो सरकारले राष्ट्रिय ढिकुटीको चरम दोहन गरेकोले बढाउन नसकिएको प्रधनमन्त्री ओलीको भनाइ छ । “अब ढुक्क हुनुहोस, आउने बर्षमा ज्येष्ठ नागरिक भत्ता वृद्धि हुन्छ, हामीले राज्यको ढिकुटीलाई विस्तारै मजवुद बनाउदैछौं ।”

प्रधानमन्त्री ओलीले सरकार देश विकासको कामलाई द्रुत गतिमा अघि बढाउन तल्लिन रहेको बताए। “धुलो नउड्ने सडक बनाउनका लागि पनि सडकमा धुलो उडाउनु पर्दछ” प्रधानमन्त्री ओलीलले भने “दुईबर्ष भित्र काठमाडौंका सडक सफा भइसक्छन् ।”

प्रधानमन्त्री ओलीले समाज निर्माण र सञ्चालनमा चाडपर्वको महत्वपूर्ण भूमिका हुने बताए। नेपालको संयुक्त परिवार प्रणाली विश्व मै अनुपम रहेको र यसले आत्मियताको नमुना पेश गर्ने प्रधानमन्त्री ओलीले बताए।  

“हाम्रा चाडपर्वले आपसी द्वन्द्वलाई निस्तेज पारेर आपसी सद्ध्भाव कायम गरेका छन्” प्रधानमन्त्री ओलीलले भने “चाडपर्वमा दिइने आशिषबाट थाहा हुन्छ कि पुर्खाका पालामा नै समृद्ध नेपाल र सुखी नेपालीको कामना गरिएको थियो । त्यो कामना वर्तमान सरकारले पुरा गर्छ ।”

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved