राष्ट्रपतिद्वारा आमा मिथिला र पण्डित देवराजकाे हातबाट टीका, २ बजेदेखि सर्वसाधारणलार्इ टीका

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 19, 2018 | 01:15:04 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्या भण्डारीले पण्डित देवराज अर्याल र आमा मिथिला पाण्डेबाट टीका ग्रहण गरेकी छन। विजया दशमी टीकाकाे शुभ-साइतमै राष्ट्रपति भण्डारीले शीतल निवासमा टीका ग्रहण गरेकी हुन।

राष्ट्रपतिलाई हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालले शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै जमरा र नवदुर्गाको प्रसाद प्रदान गरेका थिए ।सोही अवसरमा राष्ट्रपति भण्डारीलाई काका काकी खगेन्द्र पाण्डे र ज्ञानु पाण्डे तथा जयन्त पाण्डे र सावित्री पाण्डेले पनि टीका लगाईदिएकी थिइन।  राष्ट्रपति भण्डारीले पनि छोरी उषाकिरणलाई टीका लगाइदिएकि थिईन।

यसैबीच, राष्ट्रपतिले सर्वसाधारणलाई दसैँको टीका आज अपरान्ह २ बजेदेखि लगाइदिने कार्यक्रम रहेको बताइएको छ। राष्ट्रध्यक्षको हैसियतमा राष्ट्रपतिले सर्वसाधरणलाई टीका लगाई दिने चलन छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved