काठमाडौंमै नक्कली पैसा छाप्ने कारखाना, नक्कली रुपैयाँ सहित पाँच पक्राउ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 21, 2018 | 01:25:23 PM मा प्रकाशित

laxmi  sunrise bank

राजधानी काठमाडौंमै नक्कली पैसा छाप्ने कारखाना रहेको खुलासा भएको छ। प्रहरीले नक्कली पैसाको कारोबारमा संलग्न रहेका ५ जनालाई पक्राउ गरेपछि यो रहस्यो खुलेको हो। 

काठमाडौं प्रहरीले कीर्तिपुर नगरपालिका-४ मच्छेगाउँमा रहेको कृष्णबहादुर क्षेत्रीको घरका दुईवटा कोठामा सञ्चालन भएको नक्कली पैसा छाप्ने काराखानामा छापा मारेपछि यो रहस्य बाहिर आएको हो। 

नारायण श्रेष्ठ र इन्द्रबहादुर श्रेष्ठले क्षेत्रीको घरको पाँचौ तलाका दुई कोठा भाडामा लिएका थिए। भाडाका कोठामा मेसिन राखेर नक्कली पैसा छाप्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।  

त्यस्तै प्रहरीले क्षेत्रीको घरबाट तीन लाख ७० हजार नक्कली रुपैयाँ, एकथान ब्रदर कम्पनी पैसा छाप्ने मेसिन,  २ थान मसिन बट्टा, पैसा छाप्ने पेपर र रबर स्ट्याम बरामद गरेको काठमाडौंका प्रहरी प्रवक्ता मोहन थापाले जानकारी दिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved