बामदेबलाई ठाउँ खाली गर्न रामवीर मानन्धरले दिएको राजीनामा अस्वीकृत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 21, 2018 | 08:50:38 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सांसद रामवीर मानन्धरले दिएको राजीनामा अस्वीकृत भएको छ। आइतबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सांसद रामवीर मानन्धरको राजीनामा अस्वीकृत गरेको जनाइएको छ। 

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मानन्धरको राजिनामा अस्वीकृत भएको बारे जानकारी दिएका छन्। नेकपा नेता वामदेव गौतमलाई उप निर्वाचनमार्फत प्रतिनिधिसभामा लाने योजना अनुरुप मानन्धरले सांसदबाट राजीनामा दिने निर्णय गरेका थिए।  

मानन्धरले असोज २३ गते पत्रकार सम्मेलन गरी नेता गौतमका लागि ठाउँ खाली गर्न राजीनामा दिएको घोषणा गरेका थिए । बाहिर र पार्टीभित्रै पनि चर्को आलोचना भएपछि वामदेव काठमाडौं–७ बाट चुनाव लड्ने निर्णयबाट पछि हटेका थिए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved