किन अस्वीकृत भयो नारायणकाजी श्रेष्ठको राजीनामा ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 22, 2018 | 08:59:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको राजीनामा अस्वीकृत गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा कात्तिक ५ मा बसेको नेकपा सचिवालय बैठकले श्रेष्ठले तीन महीनाअघि दिएको राजीनामा अस्वीकृत गरेको हो। 

बैठकको निर्णयबारे जानकारी दिंँदै प्रवक्ता श्रेष्ठले भने “सचिवालयको बैठकले केन्द्रीय प्रवक्ताले पदबाट दिएको राजीनामा अस्वीकार गरेको छ” प्रा डा गोविन्द केसी अनशन प्रकरण विषयमा पार्टी अध्यक्षसँग विवाद भएको जनाउँदै प्रवक्ता श्रेष्ठले राजीनामा दिएका थिए।

यस्तै वरिष्ठ नेता माधवकुमार नेपाल र अन्य नेताले उठाएको विधि, प्रक्रिया, पद्धतिलगायत विषयलाई ध्यान दिंदै अगाडि बढ्ने र यसअघिका निर्णय भने यथावत् रहने निर्णय भएको समेत प्रवक्ता श्रेष्ठले जानकारी दिए। प्रदेश अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोक्ने सचिवालयको निर्णय विधि र प्रक्रियानुसार नभएको भन्दै नेपालले असन्तुष्टि जनाएको थियो।

बाँकी कार्यसूचीमाथि छलफल गर्न यही कात्तिक ७ गते अपराह्न ३ बजे अर्को बैठक बस्नेछ। प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको एकीकरण तथा जनवर्गीय सङ्गठनका केन्द्रीय कमिटीको एकीकरण, पार्टी, संसद्, सरकार सञ्चालनलगायत विषयमा निश्चित भएको कार्यसूचीबारे आगामी बुधबार हुने अर्काे बैठकदेखि छलफल प्रारम्भ हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) बीचको एकता घोषणामा तीन महीनाभित्र तल्लो तहसम्मको एकतालाई पूर्णता दिने जनाइएको थियो । त्यो तीन महीना पूरा भएर थप दुई महीना बितिसक्दा समेत पूर्णता प्राप्त भएको छैन । यही कात्तिक १२ र १३ गते हुने स्थायी कमिटी बैठकका विषयमा भने बुधबार बस्ने बैठकमा छलफल हुने जनाइएको छ । यसअघि आइतबार बसेको सचिवालय बैठकले रामवीर मानन्धरले सांसद सदस्यबाट राजीनामा दिन नपर्ने निर्णय गरेको थियो । रासस 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved