'बामदेब गौतमले जनताको मागलाई बुझेर प्युठानलाई नै आफ्नो किल्ला बनाउनुपर्छ'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 23, 2018 | 11:02:33 AM मा प्रकाशित

laxmi  sunrise bank


शहदेव बस्नेत

राजनीतिक दलको बल र प्रभाबको आडमा चुनाव जित्ने र जिताउने संस्कारलाई जनताले मन पराउन छाडेको देखिन्छ। तत्कालिन संघिय निर्वाचनको परिणामलाई हेर्दा पनि यो बिषयको पुष्टि हुन्छ। 

२०६३ साल अगाडीसम्मको अवस्था हेर्दा कुनै पनि राजनैतिक दलले आफ्ना प्रभाबशालि नेतालाई जहाँबाट उठाएपनि उसले चुनाव जित्ने अवस्था थियो। तर नेपालको संबिधान जारि भएपश्चात सम्पन्न तीन तहको निर्वाचनको परिणामलाई हेर्ने हो भने २०६३ साल अगाडीको अवस्थामा परिवर्तन आएको देखिन्छ। 

कुनै बेला राजनीतिक दलको आडमा नै आफ्नो जन्मथलो भन्दा अरु नै निर्वाचन क्षेत्रबाट चुनाब लड्दा बामदेव गौतम,लिलामणी पोख्रेल,खिमलाल देवकोटा,हिसिला यमी देखि कृष्ण बहादुर महरा लगायतका नेताहरुले चुनाब जितेका थिए। तर तत्कालीन संघीय निर्वाचनको परिणामले बिगतको अवस्थालाई उल्ट्याईदिएको छ। 

अरु कै निर्वाचन क्षेत्रबाट चुनाव जित्न निक्कै कठिन हुनुमा जनताको चेतनास्तरमा वृद्धि भएको विश्लेषण गर्न थालिएको छ। जनताले आफ्नो निर्वाचन क्षेत्रबाट लड्ने व्यक्तिले गरेको काम, निर्वाचनको बेला दिएको आश्वासनको मुल्यांकन गर्न थालेको देखिन्छ। यसको पछिल्लो उदाहरणमा बामदेव गौतमलाई हेर्न सकिन्छ।

कहिले प्यूठान त कहिले बर्दियाबाट निर्वाचनमा उम्मेदवार भएका गौतम हाल केन्द्रीय राजनीतिका प्रमुख पात्र मध्येका एक प्रभावशाली नेता भएपनि  उनले नत प्यूठानलाई दरिलो किल्ला बनाए नत बर्दियालाई। त्यसैले पनि गौतमलाई तत्कालिन निर्वाचनमा जनताले साथ नदिएको देखिन्छ।

जनताको सोचको स्तर बढिसकेको बिषयलाई आत्मसाथ गर्दै गौतमले बर्दिया,काठमाडौ,अन्य कुनै स्थान नभई प्यूठानको विकासमा योगदान दिने र प्यूठानलाई नै दरिलो किल्ला बनाउने तर्फ ध्यान दिने हो भने कुनै पनि निर्वाचन र निर्णयमा प्यूठानी जनताको साथ हुने अवस्था आउन सक्ने देखिन्छ।   

प्युठानको सन्दर्भमा हेर्ने हो भने यस जिल्लामा रहेका प्रमुख राजनैतिक दलहरु जनमोर्चा,नेकपा र नेपाली कांग्रेस हुन । हालसम्म विकास निमार्णको कार्यमा उल्लेखनिय कुनै पनि दलले र नेताले कार्य गरेको जनताले महशुस गरेका छैनन् बरु सबैको योगदान उस्तै उस्तै देखिन्छ। हाल नेकपाका प्रभावशाली नेता  लिलामणी पोख्रेलको समेत केन्द्रिय राजनीतिमा उपस्थिति कमजोर बन्न थालेको कतिपय विश्लेषकहरु बताउन थालेका छन। 

अव राजनैतिक दलले नेमकिपाको भक्तपुर अभियान,भिम रावलको अछाम अभियान,शेर बहादुर देउवाको डडेलधुरा अभियान,बाबुराम भट्टराईको गोरखा अभियान र प्रचण्डको चितवन अभियानबाट समेत धेरै कुरा सिक्नु र बुझ्नु पर्ने बेला आएको म ठान्दछु।

अन्त्यमा प्यूठानमा जन्मेर अन्य क्षेत्रबाट चुनाव लड्ने नेता वा चुनावमा प्यूठानलाई थलो बनाई अन्य जिल्लामा बसोबास गरी प्यूठानको स्थानिय तह र जिल्लाको विकासमा सहयोग नपुर्याउने राजनैतिक दल र दलका नेताहरुले समयमै बुझ्नु पर्ने र छिटो भन्दा छिटो स्थानिय तहमा प्रभाव पर्ने गरी कार्य गर्ने,विकास निर्माणमा सक्दो योगदान पुर्याउने र जनतालाई विश्वासमा लिन आजैबाट थाल्नु पर्ने बेला आएको देखिन्छ । 


लेखक: प्यूठान नगरपालिका ०१, खैरा स्थाई ठेगाना भई हाल काठमाडौमा बस्दै आएका छन।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved