नेपालमा पहिलोपटक विद्युतीय बस संचालनमा, बस चढेर ओली पुगे सिहदरबार

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 23, 2018 | 11:51:31 AM मा प्रकाशित

laxmi  sunrise bank

साझा यातायात प्रालिले काठमाडौंमा विद्युत्तीय बस सेवा सुरू गरेको छ । ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत्तीय बस सेवा सञ्चालनको उद्घाटन गरेका हुन् । उनले सोही बस चढेर सिंहदरबारसम्मको यात्रा समेत गरेका छन् । 

उपत्यकामा वायु र ध्वनी प्रदूषण बढेपछि नियन्त्रण गर्ने लक्ष्यका साथ साझाले ५ वटा विद्युत्तीय बस सञ्चालनमा ल्याएको हो । चिनमा निर्मित यी वस खरिदका लागि एसियाली विकास बैंकले सहयोग उपलब्ध गराएको साझाका निमित्त कार्यकारी प्रमूख महेन्द्रराज पण्डेले जानकारी दिए । यी बसमा चालकसहित २० सिटको क्षमता रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved