फेरियो ओलीको बोलि: अब घरघरमा ग्यास पाइप होइन, चुलो चुलोमा बिजुलीको तार !

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 23, 2018 | 01:43:01 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले घरघरमा ग्यासको पाइपको ठाउँमा बिजुलीको तार चुलोमा पुर्याउने योजना अगाडी सारेका छन। एसियाली विकास बैंकको सहयोगमा काठमाडौं ल्याइएका विद्युतीय बसको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन। 

आफुले ३ बर्षअघि गरेको घरघरमा पाइपबाट ग्यास पुर्‍याउने घोषणाबाट पछि हट्दै प्रधानमन्त्री ओलीले घरघरमा बिजुलीका तार पुर्‍याउने र आयातीत इन्धनको साटो आफ्नै देशमा उत्पादन हुने बिजुली प्रयोग गर्ने बताएका हुन। 

मैले त्यो बेला ग्यासको पाइप चुलामा भन्ने भाषण गर्दा खुब चर्चा चल्यो, अब ग्यासको पाइप होइन, छिटै नै हामी चुलो चुलोमा बिजुलीका तार भन्ने युगतिर जाँदैछौं' प्रधानमन्त्रीले भने, '‘संसार छिटो छिटो बगेको छ, हामीले पनि ३ वर्षमा योजना बदलेर ग्यास पाइप चुलोमा होइन बिजुलीको तार चुलोमा पुर्‍याउने  हो, केही मान्छेलाई फेरि पनि अनौठो लाग्न सक्छ , तर दुनियाँ बदलिरहेको छ ।’

प्रधानमन्त्री ओलीले अब छरिएर रहेका बस्तीलाई सामूहिक बस्तीमा रुपान्तरण गर्ने र विद्युतीकरण मार्फत घरयासी कामकाजमा समेत विद्युतीय सामग्रीकै प्रयोग बढाउने दाबी पनि गरे।

भारतको नाकाबन्दीको कारण सिलिन्डर ग्यास र पेट्रोलको हाहाकार मच्चिएको बेला ओलीले घरघरमा पाइपबाट ग्यास पुर्‍याउने योजना सुनाउँदा मजाक बनेको थियो। 


    


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved