प्रहरी प्रबक्ता सहित १७ जना डीआईजीको सरुवा तथा पदस्थापन (सुचीसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 24, 2018 | 07:54:36 AM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) सरुवा तथा पदस्थापन भएका छन् ।  गृह मन्त्रालयले ६ जनाको सरुवा गरेको हो भने हालै बढुवा भएका ११ जना डीआईजीको पदस्थापन गरेको हो । जस अनुसार प्रहरी प्रबक्ता समेत परिवर्तन भएका छन्।  एसएसपी शैलेश थापा क्षेत्रीको स्थानमा उत्तमराज सुवेदी नयाँ प्रहरी प्रवक्ता तोकिएका छन। हालै डीआईजीमा बढुवा भएका शैलेश थापा महानरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुख भएर आएका छन् ।

त्यस्तै  प्रदेश-२ र ५ का प्रहरी प्रमुख र केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय प्रहरी र विमानस्थल प्रहरी प्रमुख हेरफेर भएका छन्।प्रदेश-२ का दिनेश अमात्यलाई लागू औषध नियन्त्रण ब्युरो र प्रदेश-२ मा हरिबहादुर पाललाई पठाईएको छ।

केन्द्रीय अनुसन्धान ब्युरोमा निरजबहादुर शाही र महानगरीय प्रहरीको जिम्मेवारी शैलेश थापा क्षेत्रीले पाएका छन्। प्रदेश-५ प्रहरी प्रमुख शेरबहादुर बस्नेतलाई विमानस्थल र बिशेष ब्युरोका पिताम्बर अधिकारीलाई प्रदेशमा खटाइएको छ।

विमानस्थलका कमल जिटी बिशेष ब्युरो आएका छन्।यस्तै डीआईजीहरु विकास श्रेष्ठको साइबर ब्यूरो, ठाकुरप्रसाद ज्ञवालीको अख्तियार, पूर्णचन्द्र जोशीको राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय, तारणीप्रसाद लम्सालको सुरक्षा सेवा निर्देशनालय, हरिबहादुर पालको प्रदेश २ प्रहरी कार्यालय,निरबहादुर शाहीको अपराध अनुसन्धान विभाग अआ ब्यूरो, प्रद्युम्न कार्कीको प्रशिक्षण प्रतिष्ठान, हरिभक्त प्रजापतिको महिला तथा बालवालिका सेवा निर्देशनालय र सूर्यप्रसाद उपाध्यायको राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा पदस्थापन भएको छ ।





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved