मुख्यमन्त्री र प्रदेश प्रमुखलाई काठमाडौंमै आवास बनाउने तयारी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 24, 2018 | 09:14:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई काठमाडौंमा आवास निर्माण गरिदिने भएको छ। सरकारले प्रत्येक प्रदेशको नाममा काठमाडौंको भैंसेपाटीमा २ रोपनी जग्गा दिएर आवास बनाइदिने तयारि गरेको सहरी विकास मन्त्रालयले जनाएको छ। 

केन्द्रिय सरकारले निर्माण गरिदिने यस्तो आवास प्रदेश प्रमुख र मुख्यमन्त्रीले राजधानीमा आएको बेला प्रयोग गर्न सक्नेछन। संघियता भएका मुलुकहरुमा प्रदेशको मुख्यमन्त्री र प्रमुखलाई केन्द्र सरकारले आवास उपलब्ध गराउने प्रचलन अनुरुप नै यी आवास निर्माणको तयारि भएको मन्त्रालयले जनाएको छ। 

भैंसेपाटीमा सांसद आवास निर्माणका लागि छुट्टाइएको १ सय २३ रोपनी जग्गाबाट ७ वटै प्रदेशका लागि जग्गा दिने तयारी भएको मन्त्रालयले जनाएको छ। सांसद आवासकै उक्त जग्गामा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, उपसभामुख र मन्त्रीको क्वाटर निर्माण गरिने भएको छ।    

मन्त्रालयका अनुसार अहिलेपनि २४ मन्त्रीका लागि मन्त्री क्वाटरको अभाब छ। हाल प्रतिनिधि सभाका उपाध्यक्ष, सहरी विकास मन्त्री, सञ्चार मन्त्री, कानुन मन्त्री, स्वास्थ्य राज्यमन्त्री, खानेपानी मन्त्रीले पुल्चोकमा क्वाटर पाएका छैनन।  

  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved