३ महिनामा भौतिक पूर्वाधारको ८ प्रतिशत मात्र खर्च

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 25, 2018 | 08:01:44 AM मा प्रकाशित

laxmi  sunrise bank

 चालू आर्थिक वर्षको तीन महीनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूँजीगत खर्चको आठ दशमलव तीन प्रतिशत खर्च गरेको छ । 
मन्त्रालयका लागि छुट्याइएको रु एक खर्ब एक अर्ब बजेटमध्ये आठ प्रतिशतभन्दा माथि नै खर्च भइसकेको प्रवक्ता राजेन्द्रराज शर्माले जानकारी दिए  मन्त्रालयअन्तर्गत पूर्वाधार निर्माणसँग सम्बन्धित राष्ट्रिय गौरवका पाँच आयोजना छन् । 

हुलाकी राजमार्ग, मध्यपहाडी (पुष्पलाल) लोकमार्ग, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, उत्तर–दक्षिण कोरिडोर र द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गरिएको छ । आर्थिक वर्षको शुरुवाती चरणमा टेण्डरको प्रक्रियामा जान समय लाग्ने भएकाले काम नै नभए जस्तो देखिने गरेको उनले बताए । सबै प्रक्रिया पूरा गरी तीन महीनामा आठ प्रतिशतभन्दा बढी खर्च हुनुलाई नराम्रो भन्न नसकिने प्रवक्ता शर्माको भनाइ छ । समयमै काम गर्न विभाग एवं आयोजनाहरुलाई निर्देशन दिइसकेको मन्त्रालयले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved