बीपी राजमार्ग पुनर्निर्माणमा जापानको १ अर्ब ८ करोड अनुदान

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 25, 2018 | 12:18:33 PM मा प्रकाशित

laxmi  sunrise bank

जापानले बीपी राजमार्ग पुनर्निर्माण गर्न नेपाललाई १ अर्ब ८ करोड रुपैयाँ अनुदान दिएको छ । सहयोग सम्बन्धी सम्झौता पत्रमा आज हस्ताक्षर भएको छ । सम्झौता पत्रमा अर्थमन्त्रालयका सचिव डा. राजन खनाल र नेपालका लागि जापानी राजदूत मिसामिची साइगोले हस्ताक्षर गरे । 

बनेपा—सिन्धुली–बर्दिबास १६० किलोमिटर लामो बीपी राजमार्गमा जापानले नै बनाईदिएको हो । उक्त राजमार्गमा २०७२ को भूकम्पले क्षति पुगेको थियो । कार्यक्रममा राजदूत मिसामिचीले जापानले नेपाललाई उपलब्ध गराएको यो रकम हालसम्मकै सबैभन्दा ठूलोमध्येको एक अनुदान सहायता भएको जानकारी दिए । भूकम्पले बीपी रागमार्गको २० ठाउँमा क्षति र्पुयाएको र त्यसको पुनर्निर्माणको काम अब छिट्टै शुरु हुने उनले बताए ।

राजमार्गलाई पाँच भागमा बाँडेर पुनर्निर्माण गरिनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved