निर्मला हत्यामा मुछिएका विष्ट र भट्टमाथिको कारबाही प्रकृयाप्रति बाबुराम भट्टराइको आपत्ति

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 25, 2018 | 11:19:43 PM मा प्रकाशित

laxmi  sunrise bank

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र त्यसपछि भएको हत्याकाण्डमा मुछिएका तत्कालिन एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टलाई 'भविष्यमा अयोग्य नठहरिने गरी' बर्खास्त गरिएको प्रति 

पुर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराइले निर्मला पन्त काण्डमा मुछिएका तत्कालिन एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टको बर्खास्ती प्रक्रियाप्रति आपत्ति जनाएका छन। 

सरकारले दुई प्रहरी अधिकारिलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गरेर सरकार पानीमाथिको ओभानो हुने प्रत्यत्न गरेको ड़ा भट्टराईले आरोप लगाएका छन। 

'निर्मला पन्त बलात्कार-हत्या प्रकरणमा सरकारले तीन महिनापछि सो घटनामा प्रत्यक्ष संलग्न भएको देखिने गरी मुद्दा ढाकछोप गर्न र प्रमाण नष्ट गर्न लागिपरेका दुइ प्रहरी अधिकारीलाई “भविष्यमा अयोग्य नठहरिने गरी” बर्खास्त गरेर पानीमाथिको ओभानो हुने प्रयत्न गरेको छ।' भट्टराइले सामाजिक संजाल मार्फत आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन। 

सरकारले उनीहरुलाई गम्भीर केरकार र अनुसन्धान नगरी किन छाडा छाडेको भन्दै डाक्टर भट्टराइले यसरि कारबाही गरिनुले निर्मला पन्त काण्डमा शक्तिशालीहरू मुछिएको र सरकारी संयन्त्र अपराधीलाई जोगाउन लागीपरेको पुष्टि भएको आरोप लगाएका छन।

डाक्टर भट्टराइले सरकारको कारबाही प्रकृया न्यायसंगत नभएको भन्दै वास्तविक दोषी पक्राउ नपर्दासम्म दबाब जारि राख्न सर्वसाधारणमा अपिल समेत गरेका छन।

सरकारले भविष्यमा सरकारी सेवाका लागि योग्य ठहरिने गरि विष्ट र भट्टलाई बर्खास्त गर्ने निर्णय गरेको हो। सरकारको यस निर्णयप्रति सर्वसाधारणले असन्तुष्टि जनाउदै सामाजिक संजालमा सरकारको बिरोध गरेका छन। गत साउन १० गते १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शब फेला परेको थियो । सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनमा विष्ट र उनका छोराको भूमिका संकास्पद रहेको निष्कर्ष निकालिएको थियो ।    


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved