तीन महिनामै साढे तीन खर्बको व्यापार घाटा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 26, 2018 | 08:40:47 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको वैदेशिक व्यापार घाटा हालसम्म कै उच्च बिन्दुमा पुगेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामै साढे तीन खर्बको व्यापार घाटा बेहोरेको छ । आयात उच्चदरमा बढेपछि व्यापार घाटा अझ चुलिएको हो । 

भन्सार विभागका अनुसार असोज मसान्तसम्ममा नेपालमा कुल ३ खर्ब ७३ अर्ब ५८ करोड मूल्यका वस्तु आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.५७ प्रतिशतले बढी हो । यसको युलानामा निर्यात भने १६ प्रतिशतले मात्रै बढेर ३४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।

निर्यातको तुलनामा आयात उच्च दरमा बढेपछि नेपालले तीन महिनामा ३ खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँबराबरको व्यापार घाटा बेहोरेको हो । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ४५.९२ प्रतिशतले बढी हो ।

यस अवधिमा नेपालले कुल १ सय ३७ वटा मुलुकसँग व्यापार गरेको छ । त्यसमध्ये १ सय ९ वटा मुलुकसँगको व्यापारमा नेपालले नोक्सान बेहोरेको छ । जम्मा २८ वटा मुलुकसँगको व्यापारमा मात्रै नेपालले नाफा आर्जन गरेको  छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved